Art

हरिप्रसाद शर्माका कृति नेपाल आर्ट काउन्सिलमा

Published

on

वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका कलाकृति बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा प्रदर्शनीमा छन्।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा काठमाडौं उपत्यकाको सांस्कृतिक जीवन, मल्लदेखि शाहकालसम्मका राजाहरू, चाडपर्व, दरबार संस्कृति र जनजीवन झल्काउने चित्रहरू देख्न सकिन्छ।

८८ वर्षीय शर्मा इतिहाससँग गहिरो सम्बन्ध राख्ने चित्रकार हुन्। ऐतिहासिक अनुसन्धानमा आधारित विषयवस्तुलाई उनले कल्पनाको रङ र सजीव क्यानभासमार्फत प्रस्तुत गरेका छन्।

प्रदर्शनीमा चित्रहरूसँगै उनले काम गर्ने क्यानभास र रंग सामग्रीहरू पनि समावेश गरिएको छ। शर्माले यसै शीर्षकमा केही वर्षअघि चित्रकला पुस्तक पनि प्रकाशित गरेका थिए।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version