lifestyle
एकादशीमा सजियो पशुपती
आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्।
यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ।
हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा बिहानै भक्तजनहरूले तोरण टाँगेर पूजापाठ गरेका छन्।
भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरे तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका छन्।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्।
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन्।
You must be logged in to post a comment Login