lifestyle
काठमाडौँमा जगन्नाथ रथयात्रा
काठमाडौँ, असार १२
नेपाली हिन्दू समुदायको आस्थासँग जोडिएको ४०औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौँमा भव्य रूपमा सुरु भएको छ।
नेपाली संस्कृतिको संरक्षण र समाजमा आध्यात्मिक चेतना फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने यो रथयात्रा आज कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, नेपाल वायुसेवा निगम (एनएसी), न्युरोड हुँदै बसन्तपुर पुगेर पुनः न्युरोड मार्ग हुँदै टुँडिखेलमा समापन गरिएको हो।
रथयात्राको अवसरमा भगवान श्री जगन्नाथलाई एक सय आठ परिकार चढाइएको थियो। विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, भक्तजन, सांस्कृतिक झाँकी र बाजागाजासहितको उपस्थितिमा रथयात्रा भव्य रूपमा सम्पन्न भयो।
यस दिन भारतको ओडिशास्थित जगन्नाथ पुरीमा पनि विशेष रथयात्रा आयोजना गरिन्छ, जसलाई हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक मानिन्छ। उत्तरमा बद्रीनाथ, पश्चिममा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरीलाई चारधामको रुपमा मानिन्छ, जुन क्रमशः सत्य, त्रेता, द्वापर र कलियुगसँग सम्बन्धित छन्।
रथयात्रा आयोजक समिति अनुसार यस वर्षको सहभागिता अघिल्ला वर्षभन्दा उत्साहजनक रहेको छ।
NPL Photo
You must be logged in to post a comment Login