entertainment

जुम्लाका फाँटमा पाक्दै मार्सी

Published

on

प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी 

मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा नदीकिनारका फाँटहरू गाढा सुनौलो र खैरो रङमा सजिन थालेका छन्। पुस्तौँदेखि खेती हुँदै आएको रैथाने मार्सी धान जुम्लाको खाद्य उत्पादन, किसानको जीविकोपार्जन र सांस्कृतिक पहिचानसँग जोडिएको छ।

जुम्लाका आठवटै स्थानीय तहमा मार्सी धान खेती हुने गरेको छ। पातारासीको छुमचौर, तातोपानीको लाछु ज्युलो, चन्दननाथको शेरा ज्युलो तथा सिञ्जा, हिमा र तिलाका फाँट यसको प्रमुख उत्पादन क्षेत्र हुन्। समुद्री सतहबाट करिब ३ हजार ५० मिटर उचाइमा रहेको छुमचौर उच्च उचाइमा धान खेती हुने चर्चित क्षेत्र हो।

जिल्लामा २ हजार ८८८ हेक्टरमा धान खेती हुँदै आएकामा १ हजार ६८ हेक्टरमा मार्सी धान लगाइन्छ। परम्पराअनुसार चैतमा बीउ तयार गरी जेठमा रोपाइँ गरिन्छ भने असोज–कात्तिकमा धान भित्र्याइन्छ।

आर्थिक वर्ष २०८०/८१ मा जुम्लामा करिब ३ हजार मेट्रिक टन मार्सी धान उत्पादन भएको थियो। पछिल्लो समय यसको बजारसमेत विस्तार हुँदै गएको छ। २०८२ कात्तिकदेखि फागुनसम्म करिब १७५ मेट्रिक टन मार्सी चामल जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो।

मार्सीको संरक्षण र बजारीकरणमा विभिन्न कार्यक्रमसँगै UNDP को RERAS परियोजनाले पनि सहयोग गरिरहेको छ। सिँचाइ, प्रशोधन, भण्डारण, प्याकेजिङ र बजार पहुँच विस्तारमार्फत रैथाने बालीलाई प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ।

Paddy field of Jumla. Photo:Prakash Chandra Timilsena/Nepal Photo Library

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version