Feature

सिन्धुलीमा जुनार उत्सव

Published

on

सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ।

‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास, जाम, जेलीलगायत प्रशोधित वस्तु प्रदर्शन गरेका छन्। आगन्तुकले स्थानीय उत्पादन चाख्न र मूल्यवर्धन प्रक्रिया बुझ्नसक्नेछन्।

महोत्सवले जुनार प्रवर्द्धन, रोग व्यवस्थापन, बजार विस्तार र प्रशोधनबारे छलफलसँगै कृषिको व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version