Video
पिरतीको मुस्कान (म्युजिक भिडियो)
काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
आफ्नै गीतमा पहिलो चोटि डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए । सुटिङका कारण मिरुना कार्यक्रममा सहभागी हुन नसकेको बताउदै करणले मिरुनाको तारिफ गरेका थिए । करणले साङ्गीतिक यात्राको बारेमा बोल्दै भने ‘कलाकारीता क्षेत्रमा छु, जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने पुर्ण विश्वास छ । भलै थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु, र यहि क्षेत्रकै लागी म जन्मिएको छु ।’
त्यस्तै कार्यक्रममा पुगेका चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई निर्माण टिमबाट स्वागत सम्मान गरिएको थियो । त्यस्तै यस गीतका निर्देशक शान थापाले करणसंगको सहकार्य तेस्रो रहेको बताउदै करण जी को अभिनयमा पनि निखार आएको बताए । शानका अनुसार करणले एक हप्तामा सिकेको डान्स म्युजिक भिडियोमा देख्न सकिने बताउदै स्यालुटपनि गरेका थिए ।
त्यस्तै लीलाकी बाबाले पनि कार्यक्रममा शुभकामनाका शब्दहरु बोल्दै छोरीहरुलाई पढाउदाको विगतका दिनहरु सम्झिएका थिए । क्रमश कार्यक्रममा लेखक सन्दिप राई र म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले पनि शुभकामनाका शब्दहरु बोलेका थिए । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीतपनि आइसकेको छ ।
शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडियोमा प्रिया कार्कीको मेकअप रहेको छ ।
entertainment
‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ। गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सुरज तमूको शब्द तथा संगीत रहेको गीतमा सुरज तमू र शान्ति श्री परियारको स्वर छ। मनोज थापा मगरले संगीत संयोजन गरेको गीतको भिडियोमा सिनेमाका कलाकार मनोज गुरुङ र अनुशा राई देखिएका छन्।
माओत्से गुरुङको निर्देशन तथा कथामा बनेको सिनेमाले लाहुरे जीवन, पेन्सनसँग जोडिएका पारिवारिक समस्या, प्रेम, त्याग र विछोडको कथा प्रस्तुत गर्छ। निर्देशक गुरुङका अनुसार सिनेमा पेन्सनमा मात्र केन्द्रित नभई मानवीय सम्बन्ध र भावनात्मक पक्षलाई समेत प्राथमिकतामा राखिएको छ।
सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ। नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।


Feature
यस्तो छ कृष्ण भिरको पहिरो
त्रिशूली नदीमा आएको बाढीपछि नदीको कटानले धादिङको कृष्णभीरमा ठूलो क्षति पुर्याएको छ।
नदीले सडकको तल्लो भाग कटान गरेपछि माथिल्लो भागबाट पहिरो खसेर पृथ्वी राजमार्गको सडकखण्ड नै अवरुद्ध बनेको छ।
सडक बगेपछि अहिले कृष्णभीरको अवस्था जोखिमपूर्ण र भयावह देखिएको छ।
केही दिनदेखि यहाँबाट सवारीसाधन तथा पैदल यात्रुको आवागमनसमेत ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं–चितवन आवागमन प्रभावित बनेको छ।
सरकारले अस्थायी रूपमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालन गर्ने तयारी गरिरहेको छ।
प्रस्तुत तस्बिरमा बाढी र पहिरोपछि क्षतिग्रस्त कृष्णभीरको अवस्था देखिन्छ।




Feature
हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप
स्ट्रिटनेपाल
पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ।
भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक नै भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यसको असर अहिले हेटौंडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा देखिन थालेको छ।
काठमाडौं आउने र जाने सवारीको चाप बढेसँगै यो सडकमा ठाउँ–ठाउँमा ट्राफिक जाम हुन थालेको छ।
विशेषगरी चितवन, पोखरा, लमजुङ, तनहुँ र गोरखाबाट काठमाडौं आउने साना सवारीसाधनहरू समेत अहिले यही वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।
पृथ्वी राजमार्ग कहिले खुल्छ भन्ने टुंगो नहुँदा कुलेखानी–सिस्नेरी सडकमा सवारीको चाप अझै बढ्न सक्ने देखिन्छ।
बाढी र पहिरोले मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक सडकमा परेको यो चापले यात्रुलाई थप सास्ती दिएको छ।




-
Offbeat3 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment3 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment3 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
Feature3 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
-
Auto4 weeks agoचांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’
-
entertainment4 weeks agoबेलायतमा १७औँ ‘नेपाली मेला’ हुने
-
Feature2 weeks agoरसुवा बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री


You must be logged in to post a comment Login