News

नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग सहकार्य

avatar
Street Nepal

An editor at streetnepal


  • October 16, 2026
  • 5 पटक पढिएको

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरेको छ।

अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, मौलिक परम्परा, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई छोटा तथा सिर्जनात्मक भिडियोमार्फत विश्वभर चिनाउने लक्ष्य राखिएको छ।

बोर्डले यात्राप्रेमी, सामग्री निर्माता, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई नेपालको पर्यटकीय गन्तव्य र अनुभव समेटिएका भिडियो बनाएर टिकटकमा पोस्ट गर्न आह्वान गरेको छ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख अधिकृत हिक्मत सिंह ऐरले डिजिटल माध्यमबाट नेपालको पर्यटन कथा विश्वभर पुर्‍याउन अभियानले महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए। एउटा सिर्जनात्मक भिडियोले पनि विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्न सक्ने उनको भनाइ छ।

अभियानमा सहभागी हुन टिकटकमा ‘#VisitNepal’ खोजी गरी सामग्री हेर्न र आफ्ना भिडियो पोस्ट गर्न सकिनेछ। भिडियो पोस्ट गर्दा #VisitNepal, #NepalCalling र #photoNepal ह्यासट्याग प्रयोग गर्न बोर्डले आग्रह गरेको छ।

Facebook Comments