Feature
खस्रे गाउँमा होमस्टे (तस्बिरहरू)
काभ्रेको खस्रे गाउँले सामुदायिक होमस्टेको सुरूआत गरेको छ।
काठमाडौंबाट छोटो दुरीमा पर्ने काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ मा पर्ने यो गाउँमा बसोबास गर्ने गुरूङ समुदायले होमस्टे सञ्चालनमा ल्याएको हो।
राजधानीबाट एक घण्टाको यात्रामा आएर स्थानीय परिकार र संस्कृतिमा रम्न रमाउन यो उपयुक्त गन्तव्य बन्न सक्ने सम्भाव्यतालाई साक्षात्कार गर्दै होमस्टे सञ्चालनमा ल्याएको स्थानीय रमेश गुरूङले सेतोपाटीलाई बताए।
५१ घर गुरूङ समुदाय आफ्नै थातथलोमा बस्दै आएको यो गाउँमा होम स्टेका पाहुनाहरूलाई गुरूङ समुदायको सांस्कृतिक नृत्य घाटु, सोरठी, झ्याउरे आदिले स्वागत गर्नुका साथै पाहुनाले चाहे अनुसारको सेवा प्रदान गरिने गरेको उनले बताए।
सगरमाथादेखि अन्नपूर्ण रेन्जसम्मको हिमालहरू देख्न सकिने यो गाउँबाट आँगनमै बसेर सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने पाहुनाहरूले स्थानीय उत्पादनलाई आफैले पकाएर वा आफूले चाहे अनुसारको परिकार बनाएर खान बस्न सकिने सुविधा राखिएको छ।
नगरकोटदेखि नजिकै रहेकोले पनि यो गाउँ पर्यटकको रोजाइमा समेत पर्दै आएको छ। यहाँ आउने पर्यटकहरू गाउँमै बस्न र खान पाउँदा खुसी देखिन्छ।
हाल ११ घरमा सञ्चालित होमस्टेमा कम्तीमा ४० देखि ५० जना पाहुनालाई एकै पटकमा राख्न सकिने प्रबन्ध गरिएको छ।
तस्बिरहरू:
You must be logged in to post a comment Login