Connect with us

entertainment

Kim on the cover of Love

Published

on

kim A couple months ago, Kim Kardashian was sporting with bleached eyebrows but we can now see, why she bleached them. The imgae below is of Kim posing for the cover of Love magazine. According to Kim, who uploaded the cover herself on facebook captioning it,“We shot for 3 days straight at a motel in LA. One night til 4am,” @kegrand me in all vintage and custom @Prada and bleached my brows!” The magazine will include an over 30 page spread.

entertainment

काठमाडौँमा बढ्दै ट्राफिकजाम

Published

on

पछिल्लो समय काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम बढ्दै गएको छ।

विशेषगरी बिहान र साँझ कार्यालय समयमा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको छ।

न्युरोड, सहिदगेट, माइतीघर, थापाथलीदेखि कुपन्डोल र पुल्चोकसम्मका मुख्य सडकमा लामो समयसम्म सवारीसाधनको लाइन देखिन्छ।

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा सवारीसाधनको चाप अझ बढ्ने देखिन्छ।

साँझ परेपछि काठमाडौँमा देखिएको सवारी चापको दृश्य।

default

default
default

default

default
default
Continue Reading

Auto

५ लाख ४९ हजारमै नेक्सन ईभी! के साँच्चै अब ईभी किन्न यति सजिलो भयो?

Published

on

४४ लाख ९९ हजार रुपैयाँको विद्युतीय एसयूभी किन्न अब सुरुमै १८ लाख रुपैयाँ चाहिँदैन। टाटा मोटर्सको चर्चित नेक्सन ईभीलाई नेपालमा अझै सहज बनाउँदै आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ फाइनान्सिङ योजना ल्याएको छ।

यो योजनाअन्तर्गत ग्राहकले ५ लाख ४९ हजार रुपैयाँ डाउन पेमेन्टमै नेक्सन ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ।

तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ—नेक्सन ईभीको मूल्य घटेर ५ लाख ४९ हजार रुपैयाँ भएको होइन। यो डाउन पेमेन्ट घटाउने विशेष फाइनान्सिङ तथा छुट योजना हो।

हालको व्यवस्थाअनुसार सवारीसाधन खरिद गर्दा कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्ने भएकाले ४४ लाख ९९ हजार रुपैयाँ मूल्यको नेक्सन ईभी किन्दा ग्राहकले सामान्य अवस्थामा करिब १८ लाख रुपैयाँ सुरुमै जुटाउनुपर्ने हुन्छ।

सिप्रदीको नयाँ योजनाले भने प्रारम्भिक भुक्तानीको भार घटाएको छ। कम्पनीका अनुसार ग्राहकले सवारीको मूल्यको करिब ८० प्रतिशत अर्थात् ३६ लाख रुपैयाँसम्म कर्जा सुविधा पाउन सक्नेछन्।

बाँकी रकममध्ये ५ लाख ४९ हजार रुपैयाँ ग्राहकले डाउन पेमेन्टका रूपमा बुझाउनेछन् भने करिब साढे ३ लाख रुपैयाँ बराबरको रकम विशेष छुटमार्फत समायोजन गरिनेछ।

अब कुरा गरौँ, यति ठूलो अफरमा पाइने नेक्सन ईभीमा के छ?

नेक्सन ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ३२५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। यसमा ९८ किलोवाटको इलेक्ट्रिक मोटर छ।

चार्जिङका लागि ७.२ किलोवाटको एसी चार्जर तथा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जर प्रयोग गर्न सकिन्छ। चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि यसमा उपलब्ध छ।

डिजाइनमा स्प्लिट एलईडी हेडलाइट, जोडिएको एलईडी लाइट, १६ इन्च अलोय ह्वील र सिक्वेन्शियल एलईडी टेललाइट दिइएको छ। १९० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएकाले नेपाली सडकका लागि पनि यसको स्पेसिफिकेसन चासोको विषय बन्न सक्छ।

भित्र १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर र ९ स्पीकरको जेबीएल साउन्ड सिस्टम छ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, ईएससी, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, सबै पांग्रामा डिस्क ब्रेक र ब्लाइन्ड स्पट मनिटरिङलगायतका फिचर दिइएका छन्। नेक्सनले भारत एनक्यापमा फाइभ स्टार सुरक्षा रेटिङसमेत पाएको छ।

अब प्रश्न एउटै हो—करिब ४५ लाख रुपैयाँको नेक्सन ईभी ५ लाख ४९ हजार रुपैयाँको सुरुवाती भुक्तानीमै किन्न पाउने यो योजना नेपाली ग्राहकका लागि ईभी बजारमा नयाँ आकर्षण बन्न सक्छ त?

Continue Reading

entertainment

झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ।

दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती जडान गरी आकर्षक बनाइएको हो।

दशैंको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भीड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो।

साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप आकर्षक देखिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com