Connect with us

Feature

उम्लिँदो खरानी र लेम्लेमा

Published

on

कलाकार पशुपति राईको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’को नियमित मञ्चन भइरहेको छ।  

मण्डला थिएटरले घोषणा गरेको ७ नाटकमा कलाकार विजय बरालले निर्माण गरेको यो पाँचौं नाटक हो।  

गत शुक्रबारदेखि मण्डला नाटकघरमा नियमित रूपमा मञ्चन हुँदै आएको नाटकलाई मिल्सन राईले लेखेका हुन्। लोककथामा आधारित नाटकले किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथा बोकेको छ।  

आगामी चैत ३ गतेसम्म नियमित मञ्चन हुने नाटकमा थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा

Published

on

काठमाडौं, फागुन २०, २०८२ – निर्वाचन आयोगले भोलि फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

देशभरका २२ हजारभन्दा बढी मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका, अन्य सामग्री तथा कर्मचारीहरू पुगिसकेका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सुरक्षा व्यवस्था, व्यवस्थापकीय काम सबै पूरा भएको र अवस्था सामान्य रहेको जानकारी दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई उत्साहपूर्वक र निर्भय भएर मतदान गर्न आग्रह गरेका छन्। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

Continue Reading

Feature

बसन्तपुरमा होलीको रौनक

Published

on

रंगहरूको पर्व होली आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा हर्षोल्लासका साथ मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमाको दिन विशेष रूपमा रंगीन उत्सवको रूपमा मनाइने यो पर्वमा हजारौं स्थानीय तथा विदेशी पर्यटकहरू सहभागी भएका छन्।

बसन्तपुरमा बिहानैदेखि रंग, अबिर र पानीका फोहोराले एकअर्कालाई रंगाउने क्रम चलिरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यो ऐतिहासिक क्षेत्रमा युवाहरूको ठूलो भीड जम्मा भई नाचगान र रमाइलो गरेको देखिन्छ।

विदेशी पर्यटकहरूले पनि नेपालीहरूको साथमा रंग खेल्दै उत्सवको मजा लिएका छन्।

चीर ठड्याइएको फागुन १२ देखि नै होलीको औपचारिक सुरुवात भएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि उत्सव शान्तिपूर्ण र रंगीन बनेको छ। बसन्तपुरलाई नेपालकै सबैभन्दा भव्य होली मनाइने ठाउँ मानिन्छ। यो वर्ष पनि रंगहरूले भरिएको यो क्षेत्रले वसन्तको उमंग र सद्भावको सन्देश फैलाएको छ।

Continue Reading

Art

बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२

Published

on

काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको हो।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गरेका हुन्।

प्रदर्शनीमा परम्परागत तथा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प–हस्तकला, लोककला लगायतका कृतिहरू राखिएका छन्।

बागमती प्रदेशका कलाकारहरूको सिर्जना अवलोकनका लागि दर्शकको उपस्थिति बढ्दो छ।

नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको यो प्रदर्शनी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com