Feature
मनोहराको किनारको सुकुम्बासी बस्तीमा डोजर
सरकारले काठमाडौं र भक्तपुरबीचको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ।
बिहान ९ बजे प्रहरी र डोजर सहितको टोली बस्ती पुगेको थियो। साढे १० बजेदेखि घर-टहरा भत्काउन सुरु गरिएको हो।
भत्काउनुअघि प्रहरी बस्तीभित्र प्रवेश गरेको थियो। त्यसपछि काठमाडौं महानगरको टोलीले डोजर चलाएको हो।
स्थानीय बासिन्दाले शनिबारदेखि आइतबार बिहानसम्म आफ्नो सामान निकालिसकेका थिए। अहिले खाली गरिएका घरहरूमा डोजर चलाइँदै छ।
सयौं घर टहरा रहेको यो बस्ती भत्काउन आधा दर्जन डोजर प्रयोग गरिएको छ।
यसअघि शनिबार स्थानीयको अवरोध र नाराबाजीका कारण प्रहरी फर्किएको थियो। ढुंगामुढा हुँदा केही प्रहरी घाइते समेत भएका थिए।








Feature
पूर्ण रूपमा हटाइयो थापाथलीको सुकुम्बासी बस्ती
काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती पूर्ण रूपमा हटाइएको छ। शनिबार विहानै देखि सरकारले डोजर परिचालन गरेर सुकुम्बासी बस्ति हटाएको हो।
स्थानीय प्रशासनले केही घण्टा समय दिएर बासिन्दालाई सामान सुरक्षित रूपमा निकाल्न आग्रह गरेपछि डोजर प्रयोग गरी टहरा तथा अस्थायी संरचनाहरू भत्काइएको थियो। धेरै बासिन्दाले स्वयं पनि आफ्ना संरचना हटाउँदै सामान व्यवस्थापन गरेका थिए।
बस्ति हटाउने क्रममा ठूलो संख्यामा जनपद प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी बल परिचालन गरिएको थियो। सुरुमा दुई वटा डोजर प्रयोग गरिएकोमा पछि थप उपकरण ल्याइ तीनभन्दा बढी डोजर, क्रेन र टिपरसमेत परिचालन गरियो। कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको थियो।
बस्ती हटाइएपछि त्यहाँका परिवारलाई अस्थायी रूपमा दशरथ रंगशाला मा लगिएको छ। त्यहाँ प्रारम्भिक स्क्रिनिङपछि विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइएको छ।
पुनर्स्थापनाका लागि नागार्जुन लगायत विभिन्न क्षेत्रमा आवास युनिट तथा भवनहरू तयारी अवस्थामा राखिएका छन्। साथै, कीर्तिपुर, भक्तपुर (बोडे), खरीपाटी र चाँदबाग क्षेत्रमा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
सरकारले हटाइएका परिवारलाई खानाको व्यवस्था मिलाउनुका साथै पानी, बिजुली र शौचालयजस्ता आधारभूत सुविधा सुनिश्चित गरिएको जनाएको छ। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी डिजिटल प्रणालीमार्फत विस्तृत विवरण संकलन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।







Feature
सुकुम्बासी बस्ती हटाउने तयारी
काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढाइएको छ।
स्थानीय प्रशासनले बिहीबार साँझदेखि नै सूचना स्वरूप माइकिङ गर्न सुरु गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो।
उक्त निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी र सुरक्षा निकायको समन्वयमा प्रभावित क्षेत्रमा माइकिङ गर्दै बासिन्दालाई जानकारी गराइँदै छ। प्रशासनका अनुसार आगामी शनिबार, वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने कार्य सुरु हुनेछ।
सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै सुरक्षित रूपमा स्थान छोड्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन्। साथै, प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गरिने प्रशासनले जनाएको छ।





Feature
काठमाडौँको सुन्दरता रानीपोखरी
काठमाडौँको मुटुमा अवस्थित रानी पोखरी (नेपालभाषामा न्हू पुखू) नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण सम्पदा हो।
वि.सं. १७२७ मा प्रताप मल्ल ले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको असामयिक निधनपछि रानीलाई शोकबाट बाहिर ल्याउन यो पोखरी निर्माण गर्न लगाएका थिए। यही कारणले रानी पोखरी केवल संरचना मात्र नभई भावनात्मक इतिहास बोकेको स्थल पनि हो।
धार्मिक रूपमा यसको महत्व अझ गहिरो छ। पोखरीलाई पवित्र बनाउन नेपाल र भारतका ५१ प्रमुख तीर्थस्थलका जल मिसाइएको मानिन्छ। पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक, विशेष गरी भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ, जसले यसको धार्मिक आकर्षण अझ बढाउँछ।
वि.सं. २०७२ को नेपाल भूकम्प २०१५ ले रानी पोखरीमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि यसलाई पुरानै ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरी यसको मौलिक स्वरूप जोगाउने प्रयास गरिएको छ।
रत्नपार्क र जमलको बीचमा रहेको यो पोखरी आज पनि काठमाडौँको व्यस्तताबीच शान्त वातावरण, ऐतिहासिक कला र परम्परागत वास्तुकलाको सुन्दर उदाहरणको रूपमा चिनिन्छ।






-
Auto2 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat3 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
entertainment3 weeks agoशोले निर्माण कथा निफमा
-
Fashion4 weeks agoविविधायन सौन्दर्यम
-
Art3 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto2 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Feature4 weeks agoभक्तपुर दरबार स्क्वायर
-
Offbeat3 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति


You must be logged in to post a comment Login