Connect with us

entertainment

“पेन्सन पट्टा” बनाउदै माओत्से गुरुङ

Published

on

लोकप्रिय कलाकार तथा निर्देशक माओत्से गुरुङले “पेन्सन पट्टा”नामक चलचित्र बनाउने भएका छन्।

आफ्नै लेखन,निर्देशन तथा निर्माणमा उनले चलचित्र पेन्सन पट्टा निर्माण गर्न लागेका हुन्।

भूपू लाहुरेको कथामा रहेर उनिचलचित्र “पेन्सन पट्टा” आधिकारिक रुपमा चलचित्र विकास वोर्डमा दर्ता गराई निर्माणको प्रक्रियामा अगाडी बढेका हुन्।

माओत्से गुरूङ फिल्मसको ब्यानरमा बन्ने पक्कापक्कि भएको चलचित्र पेन्सन पट्टामा कथा बनेको भए पनि छायांकनको समय र कलाकारहरु भने चयन भईसकेको छैन। अब आफ्ना केहि चलचित्रका काम सकाए पछि पेन्सन पट्टाको निर्माणमा जुट्ने उनको तैयारी छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी

Published

on

दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ।

प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।

पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्।

प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।

प्रदर्शनी जेठ १४, १५ र १६ गते क्रमशः बिहीबार, शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।

Continue Reading

Art

किम्फको २३ औं संस्करण सुरु

Published

on

काठमाडौंमा बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अर्थात् किम्फको २३ औं संस्करण सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सव ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजना भइरहेको छ।

यस वर्षको किम्फ भारतकी निर्देशक त्रिवेणी राईको चर्चित फिल्म ‘छोरा जस्तै’ अर्थात् ‘सेप अफ मोमो’ को नेपाल प्रिमियरबाट उद्घाटन गरिएको हो। महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्म प्रदर्शन हुँदैछन्।

‘नेपाल पानोरमा’ खण्डमा नेपाली समाज र समकालीन जीवन झल्काउने फिल्महरू पनि समावेश गरिएको छ। आयोजकका अनुसार यस वर्ष मनोरञ्जनसँगै सामाजिक मुद्दामाथि गम्भीर बहस सिर्जना गर्ने उद्देश्य राखिएको छ।

महोत्सवमा ‘एलिफेन्ट्स इन द फग’, ‘शाम्बाला’ लगायतका फिल्मसँग सम्बन्धित विशेष अन्तरक्रिया, सेन्सरशिपमाथिको छलफल, जापानी फिल्म ‘क्लाइम्बिङ फर लाइफ’ को विशेष प्रदर्शन तथा युवा केन्द्रित विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिँदैछन्।

Continue Reading

entertainment

इन्जिनियर चरा” को अद्भुत कला

Published

on

बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा यतिबेला तोप चराको रमाइलो चहलपहल देखिन थालेको छ। आकर्षक शैलीमा गुड बुन्ने सीपका कारण चिनिने यी चराको कला देखेर जो–कोही मोहित बन्ने गरेका छन्।

बढ्दो शहरीकरणका कारण चराचुरुङ्गी विस्थापित हुँदै गए पनि काठमाडौँको बल्खु क्षेत्रमा रहेको एक रुखमा अहिले तोप चराको ठूलो हुल गुड बनाउन व्यस्त देखिन्छ।

विशेषगरी भाले तोप चराले पोथी चरालाई आकर्षित गर्न निकै मेहनतका साथ कलात्मक गुड निर्माण गर्ने गर्छन्। हरिया घाँसका त्यान्द्रा र साना तिन्का संकलन गर्दै उनीहरू आकर्षक आकारका गुड बुन्न होडबाजीमा उत्रिएका छन्।

बर्खायामसँगै उपत्यका वरपर देखिने यी चराको गुड बनाउने कला प्रकृतिको अनुपम दृश्य बनेको छ।

तस्बिरमा हेर्नुहोस् — तोप चराको आकर्षक गुड निर्माण कला र रमाइला दृश्यहरू।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com