Connect with us

entertainment

चलचित्र मिर्मिरेको टिजर सार्वजनिक

Published

on

अभिनेता दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक भएको छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको टिजर शुक्रबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

टिजरमा बुवा–छोरीको गहिरो भावनात्मक सम्बन्ध मुख्य कथाका रूपमा देखाइएको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्ने एक सानी छोरी र उनीहरूबीचको ममतामय नाता टिजरको केन्द्रमा छ। बुवाको भूमिकामा देखिएका दयाहाङ राई छोरी (शाइसा गौचन)को लालनपालन, शिक्षा तथा जीवनका चुनौतीहरू सम्हाल्दै अगाडि बढिरहेका छन्। छोरीले आमाको अभाव तीव्र रूपमा महसुस गरिरहेकी छिन्, र त्यो पीडा दयाहाङकै आँखाबाट पनि झल्किन्छ।

फिल्ममा सिर्जना निङलेखु स्कुलकी शिक्षिकाको भूमिकामा देखिएकी छन्। टिजरले उनी दयाहाङ र प्रकाश सपूतबीचको त्रिकोणात्मक प्रेमकथाको संकेत पनि दिन्छ।
यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरूङ, छुल्ठिम गुरूङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर, र कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेको उल्लेख छ।
लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप सञ्जु थलाङ लिम्बू, निर्माण नियन्त्रक दिलीप पन्त, छायांकन आलोक शुक्ला, र सम्पादन निमेश श्रेष्ठ तथा भूपेन्द्र अधिकारीले गरेका छन्।

फिल्मको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिनेछ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

entertainment

तमु कलाकार संघद्वारा स्यो–कैं कार्यक्रम सम्पन्न

Published

on

काठमाडौँ — तमु (गुरुङ) कलाकार संघ, नेपालले तमु ल्होसार २०८२ को अवसरमा आदान–प्रदान तथा स्यो–कैं कार्यक्रम आयोजना गरेको छ।

तमु समुदायले हरेक वर्ष पुष १५ गते पुरानो ल्होको विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने परम्परा अनुसार ल्होसार पर्व मनाउँदै आएको छ। त–ल्हो ल्होसारको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम राजधानीको गोंगबुस्थित तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषदको कार्यालयमा सम्पन्न भएको हो।

संघका अध्यक्ष सागर गुरुङका अनुसार तमु समुदायको मौलिक संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कलाकार, संस्कृतिकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Continue Reading

entertainment

गुरुङ ‘रोधीं’ संस्कृतिमा आधारित गीत ‘ङिल रोधिंरी’ सार्वजनिक

Published

on

काठमाडौं — आउँदै गरेको तमु ल्होछार पर्वको उत्साहलाई थप गर्दै गुरुङ समुदायको मौलिक रोधीं संस्कृतिमा आधारित नयाँ गीत ‘ङिल रोधिंरी’ सार्वजनिक भएको छ। गुरुङ भाषाको यो गीत नेपाली संगीत बजारमा आएको हो।

गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङ को स्वरमा सजिएको यो गीतको सार्वजनिक कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ।

सांस्कृतिक जगेर्नाको प्रयास

गीत सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडा अध्यक्ष पदम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

अतिथिहरूले ‘ङिल रोधिंरी’ ले गुरुङ समुदायको लोपोन्मुख रोधीं संस्कृतिलाई संरक्षण गर्दै डिजिटल प्लेटफर्ममार्फत नेपाली संगीतलाई विश्वभर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

को-को छन् संलग्न?

  • गीतकार: केशबहादुर गुरुङ
  • संगीत संयोजन: तेजेन्द्र गुरुङ
  • निर्देशन: उमेश गुरुङ
  • मुख्य कलाकार (भिडियोमा): आनन्द गुरुङ र दिपशिखा गुरुङ
  • सहयोगी स्वर: भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङ

कार्यक्रममा तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष धर्मराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद उपत्यका प्रमुख सागर गुरुङ लगायतका व्यक्तित्वहरूको सहभागिता थियो। यस अवसरमा गुरुङ गीत–संगीत र संस्कृतिमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान पनि गरिएको थियो।

यो गीत गायिका दुर्गा गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Continue Reading

entertainment

कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ 

Published

on

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा नाटक ‘महारानीको जात्रा’ मञ्चन भइरहेको छ।

अभिनेत्री उषा रजक, राज न्यौपानेसँगै नवअभिनेत्रीहरू सुहाना आचार्य, निकिता आचार्य लगायतका कलाकारको अभिनय रहेको नाटकले मिडियाको अतिरन्जित प्रभाव र सत्ताको खोक्रो पवित्रता माथिको व्यंग्य गरेको छ।

लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।

रेमश पुरीको निर्माणमा बनेको यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायत कलाकारहरू मञ्चमा देखिनेछन्।

सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।

मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com