Fashion

मिस नेपाल बनिन लुना लुइँटेल

Published

on

सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। 

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले  ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन्।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

यस्तै,  मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ। उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version