entertainment
प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६
मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिएकी छन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा गुरुङ विजेता बनेकी हुन्। त्यस्तै, मिस अर्थ नेपाल २०२६ को ताज झापाकी बिनिता ओलीले जितेकी छन्।
देशभरबाट सहभागी ११० जनामध्ये अन्तिम १४ जना फिनालेमा प्रतिस्पर्धामा थिए। बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा मुख्य निर्णायक थिए।
२४ वर्षीया प्रयासना बेलायतमा बस्दै आएकी महिला सशक्तिकरण अभियन्ता हुन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेकअप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलतासम्बन्धी निःशुल्क कार्यशाला सञ्चालन गर्दै आएकी छन्।
२७ वर्षीया बिनिता कुवेत एयरवेजमा क्याबिन क्रुका रूपमा काम गरेर नेपाल फर्किएकी हुन्।
You must be logged in to post a comment Login