Feature
नौतले दरबार १० वर्षपछि सर्वसाधारणका लागि खुला
काठमाडौं,
हनुमानढोका दरबार क्षेत्रमा पर्ने ऐतिहासिक नौतले दरबार १० वर्षपछि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले मंगलबार उद्घाटन गरेपछि दरबार सर्वसाधारणका लागि खुला गरिएको हो।
२०७२ को भूकम्पले क्षति पुर्याएको दरबार चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो। उद्घाटन समारोहमा मन्त्री पाण्डेले तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए।
उनले सम्पदाको प्रचार र नयाँ पुस्तालाई जानकारी दिनुपर्ने आवश्यकता पनि औँल्याए।
You must be logged in to post a comment Login