lifestyle
थेच्वको नवदुर्गा नाच
पाटन दरबार स्क्वायरस्थित मूलचोकमा थेच्वको नवदुर्गा नाच प्रदर्शन गरिएको छ ।
विजयादशमी र कोजाग्रत पूर्णीमा गरी दसैंमा मंगलबजारमा दुईपटक नवदुर्गा नाच देखाउने परम्परा छ ।
नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्य: (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्याएका थिए ।
मंगलबजार प्रस्थान गर्नुअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा पूजा गरेका थिए । लिच्छवीकालीन नाच राजा मानदेवका इष्ट देवता मनमानेश्वरी देवी(पुरानो तलेजु) को खड्गजात्रासँग सम्बन्धित छ ।