नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन) को छैटौं अधिवेशन सनिवार काठमाडौंको बसुन्धरा स्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न भएको छ ।
टुरिजम स्पोर्टसमा आबद्ध रहेर काम गर्दै आएका साझा संस्था एनसिएसएको यसै अधिवेशनमार्फत् हरि धरेलको नेतृत्वमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसियन (एनसिएसए) नयाँ कार्यसमिती सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ।
अधिवेशनका उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकरीले गरेका थिए। मेयर अधिकारीले एनसिएसएलाई आवश्यक परेमा क्लाइम्बिङ खेल सञ्चालनको लागि जग्गा उपलब्ध गराउने वाचा गरेका थिए। ‘एसोसिएसनले भूमिका दियो भने टोखामा यस खेलको लागि गराउनको लागि जग्गा उपलब्ध गराउँनेछौ। यसले टोखाको पर्यटन विकासको समेत टेवा पुग्नेछ,’ मेयर अधिकारीले भने।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषदका सदस्य सचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राखेपमा दर्ता गर्न आएको वताउदै त्यसलाई चुस्त बनाउने उनको प्रयत्न रहेको बताए। ‘एनसिएसए नेपालको एड्भेन्चर स्पोर्टसको प्रतिनिधित्व गरेको संस्था भएकोले परिषदले यसको विकासमा पुर्णरुपमा सहयोग गर्ने बताए।’ प्रमुख अतिथि घिसिङले खेलकुद क्षेत्रका विसङ्गति र आगामी बाटोको बारेमा प्रष्ट कार्यनिति बनाई अघि बढ्न पर्ने बताएका थिए।
त्यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले यस खेलले पर्यटन विकासमा ठुलो योगदान पुर्याउने बताउँदै खेल प्रबर्द्धनको लागि सहयोग गर्न बोर्ड सदैव तयार रहेको बताए।
‘खेल जगतमा भएको उत्पीडनबारे तपाईंहरुले आजाव उठाउँदा राज्यले निषतेज गर्न सक्छ, त्यसैले तपाईंहरु एकजुट भएर अगाडि बढ्नुहोस्, म साथमा छु,’ उनले भने ।
यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य प्रकाश कुमार कुसारी(सम्राट) ले एनसीएसएको अभिभावकत्वको रुपमा राखेप रहेको बताए।
कुसारीले खेलकुद क्षेत्रको विकासको लागि निजी क्षेत्रले लगानी गर्ने वातावरण बन्दै गरेको जानकारी दिए। ‘कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत नीजी क्षेत्र, बैङ्क तथा बित्तिय सस्थाहरु सङ्ग खेलकुद अनिवार्य रुपमा लगानी गर्ने गरी कानुन बन्दै गरेको बताए । ‘त्यसको पनि राखेपले अग्रणी पहल कदमि लिने साथै आगामी आवबाट परिषदले नयाँ राष्ट्रिय प्रतियोगिता पनि सुरु गर्ने जानकारी गराए ।’
त्यस्तै बिशेष अतिथिहरु टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, गोबिन्द भट्टराई (माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपाल) थिए। अतिथिहरुमा धन बहादुर गुरुङ (नेपाल पर्वतारोहण संघ), नारायण अर्याल (राखेप), कानुन शाखा (प्रमुख), नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल, राखेप बोर्ड सदस्य प्रकाश कुमार कुसारी, नेपाल चेस संघका उपाध्यक्ष मोनालिसा खम्बु, नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनका वागमती अध्यक्ष कल्पना महर्जन, सुदुरपष्चिम प्रदेश अध्यक्ष भरत बिक्रम शाह, कर्णाली प्रदेश अध्यक्ष लक्ष्मी भट्टराई, गण्डकी प्रदेश अध्यक्ष शेष कान्त शर्मा, हिमालयन उद्दार संघका गोबिन्द वस्याल, किप नेपालका अध्यक्ष देबि पन्त लगायतको उपस्थिती थियो।
अधिवेशनमा केन्द्रसहित सातै प्रदेशका प्रतिनिधिहरु सहभागी जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ कार्यसमिती खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए । यो संघ नेपालको सहासिक खेल पर्यटन भएकोले सिंगो राष्ट्रको विशेष चासोको रुपमा हेरिेएको उनले बताए। ‘अन्तराष्ट्रिय क्षेत्रमा मान्यता दिलाउन र प्रतियोगितामा प्रतिस्पर्धा दिलाउन ओलम्पक कमिटीले सहकार्य गर्ने छ ,’ उनले बताए ।
सनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष हरि प्रसाद धरेल, वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षहरुमा सुनार बहादुर गुरुङ निर्वाचित र उपाध्यक्ष ल्हाक्पा शेर्पा
मनोनीत भएका छन । त्यस्तै महासचिवमा सन्तोष मादेन, सचिवहरु सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणिल मान श्रेष्ठ, सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकार प्रम नारायण अधिकारी मनोनीत गरिएको छ ।
राष्ट्रिय खेलकुद संघ (राखेप) पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले नेपालको आरोहण खेललाई अन्तराष्ट्रीय जगतमा पुराउन नेपाल ओलम्पिक कमिटीले सक्दो सहयोग बताए। साथै नवनिर्वाचित कार्यसमितिलाई खादा तथा अविर लगाएर शुभकामना दिएका थिए ।