Feature

आदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन शुरु

avatar
Street Nepal

An editor at streetnepal


  • March 19, 2026
  • 683 पटक पढिएको

प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौँ’ भन्ने मुख्य नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटनअघि भृकुटीमण्डपबाट विभिन्न जातजातिका झाँकीसहित सांस्कृतिक र्‍याली निकालिएको थियो।

महाधिवेशनमा देशभरका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

‘पहिचानको आधारमा प्रदेशहरूको पुनःनामाङ्कन र प्राकृतिक स्रोतमा अधिकार’ भन्ने नारासहित आयोजना गरिएको महाधिवेशनमा आदिवासी जनजातिका समसामयिक मुद्दाहरूमा छलफल हुने बताइएको छ।

नेफिनका अनुसार महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरू पारित गर्नेछ।

चैत ६ गतेसम्म सञ्चालन हुने महाधिवेशनलाई आदिवासी समुदायको हक–हित संरक्षणका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments