Art

आर्ट एण्ड कल्चर फेस्टिभल

Published

on

नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरू भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमार्फत् महोत्सवको उद्घाटन गरेका हुन्।

.

उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुबै अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधार प्राचीन धरोहर र सांस्कृतिक सम्पदा भएको स्मरण गराए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो महोत्सवले नेपाललाई कला र सांस्कृतिक धरोहरको भण्डारका रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’को रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन्। यसअन्तर्गत १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन् भने सांस्कृतिक प्रदर्शनी, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुनेछ।

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल, होटल व्यवसायी संघ लगायतको सहकार्यमा आयोजना गरिएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ।

महोत्सव ‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरू भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending

Exit mobile version