Feature

नव कुमारी आर्यतारा शाक्यको आसन ग्रहण

Published

on

काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यले मंगलबार कुमारीघरमा विधिपूर्वक आसन ग्रहण गरेकी छन्। विशेष बाजागाजासहित सम्पन्न कार्यक्रममा उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा पनि लगिएको थियो।

यसअघि कुमारीघरमा आसनमा रहेकी ओमबहालकी तृष्णा शाक्यलाई बिदाई गरी नयाँ कुमारीलाई प्रवेश गराइएको हो।

कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति तथा सरोकारवाला पक्षसँगको परामर्शपछि आर्यतारालाई कुमारी चयन गरिएको हो।

जीवित देवीका रूपमा पूजिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी परम्परा स्थापना गरेको मानिन्छ। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले कुमारी दर्शन गर्ने चलन पनि छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version