Connect with us

News

‘फर्किने बाटो’ लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा

Published

on

स्वास्थ्य सचेतना र सामाजिक समावेशिताका मुद्दालाई नाटकमार्फत समुदायसम्म पुर्‍याउने उद्देश्यले तयार पारिएको ‘फर्किने बाटो’ दसैँपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिने भएको छ।

मण्डला थिएटर–नेपालले जर्मन विकास सहयोग संस्था (GIZ) को स्वास्थ्य कार्यक्रमसँगको सहकार्यमा तयार पारेको नाटकको विशेष मञ्चन बुधबार काठमाडौंस्थित मण्डला थिएटरमा सम्पन्न भएको हो।

नाटकमा विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानीय समुदायका स्वास्थ्यसम्बन्धी चुनौती, सामाजिक यथार्थ र सांस्कृतिक सन्दर्भलाई समेटिएको छ। स्थानीय कथा, मिथक र संस्कृतिलाई नाट्य प्रस्तुतिसँग जोडेर स्वास्थ्यसम्बन्धी विषयलाई सहज रूपमा बुझाउने प्रयास गरिएको मण्डला थिएटरले जनाएको छ।

नाटकलाई कार्तिक ९ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट सुरु गरी प्युठानको झिमरुक गाउँपालिका, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, अछामको पञ्चदेवल विनायक नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका र डडेलधुराको आलिताल गाउँपालिकामा मञ्चन गरिनेछ। यसका साथै कार्तिक २० गते धनगढीमा पनि नाटक प्रदर्शन गर्ने योजना छ।

नाटक मञ्चनसँगै स्थानीय स्तरमा स्थापना गर्न सहयोग गरिएका लोकल थिएटर क्लबहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सञ्चालन गरिनेछ। समुदायका सदस्य र स्थानीय स्वास्थ्यकर्मीलाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी समस्या, समाधान र जनचेतनाका विषयमा अन्तरक्रियात्मक खेलहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

नाटकको विशेष मञ्चनपछि प्रतिक्रिया दिँदै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख प्राज्ञ विजय विष्फोटले नाटक सांस्कृतिक पक्षसँग जोडिएको र प्रभावकारी बनेको बताए। उनले नाटकले दर्शकमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले नाटक भाषण वा लिखित सामग्रीभन्दा फरक ढङ्गले मानिसलाई प्रभाव पार्न सक्ने माध्यम भएको बताए। स्वास्थ्य बीमासम्बन्धी विषयलाई नाटकमार्फत समुदायसम्म पुर्‍याउने प्रयास सकारात्मक रहेको उल्लेख गर्दै उनले आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्ने र यसबारे बुझाइ फराकिलो बनाउने महत्त्व औँल्याए।

मण्डला थिएटरले यसअघि स्थानीय सांस्कृतिक मिथक, कथा र स्वास्थ्यका विषयमा आधारित ‘श्री बिजोभूत’ नाटक तयार पारेको थियो। उक्त नाटक मण्डला थिएटरमा तीन सातासम्म मञ्चन भएको थियो। सोही नाटकको नाट्य संरचना र प्रस्तुति अनुभवलाई आधार बनाएर ‘फर्किने बाटो’ निर्माण गरिएको हो।

नाटकलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी स्थानीय भाषा, संस्कृति र समुदायका अनुभवसँग जोडेर स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्ने तथा सामाजिक समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

News

खुलामञ्चमा ‘प्रेयर्स फर पिस’

Published

on

काठमाडौंको खुलामञ्चमा रसुवाको भोटेकोशी हुँदै आएको आकस्मिक बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा ‘प्रेयर्स फर पिस’ कार्यक्रम आयोजना गरिएको छ।

विनाशकारी बाढी आएको ४९ औँ दिनको अवसरमा बुधबार आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतक तथा बेपत्ता नागरिकहरूको सम्झनामा प्रार्थना गरिएको हो।

आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाको पनि साथ रहेको थियो।

कार्यक्रममा कलाकार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो।

Continue Reading

News

बजारमा चहलपहल

Published

on

दसैं नजिकिँदै गर्दा काठमाडौंको असन र न्युरोड बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ। नयाँ लुगा, जुत्ता, खाद्यान्न, मसला र पूजाका सामग्री किन्न ग्राहकहरू बजार पुग्न थालेका छन्।

दसैंमा परिवारका सदस्यका लागि नयाँ लत्ताकपडा र घरायसी सामग्री किन्ने परम्पराले असन बजारमा रौनक थपेको छ। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न आउने ग्राहक बढेसँगै पसलहरूमा पनि व्यस्तता बढेको छ।

काठमाडौंको पुरानो व्यापारिक केन्द्र असनमा दसैंको समयमा विशेष चहलपहल देखिने गर्छ। यस वर्ष पनि दसैं नजिकिएसँगै बजारमा किनमेलको माहोल तात्न थालेको छ।

Continue Reading

Fashion

सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि

Published

on

नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘ब्युटी विथ वेलनेस’ नारासहित आयोजित प्रतियोगितामा २५ भन्दा बढी देशका सुन्दरी सहभागी थिए। प्रतियोगिताको शीर्ष पाँचमा नेपालसहित क्यानडा, स्विट्जरल्यान्ड, मोरक्को र इटालीका प्रतिनिधि पुगेका थिए। क्यानडाकी प्रतिस्पर्धी प्रथम रनरअप बनिन्।

जनकपुरकी सान्वीले बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) मा स्नातक गरेकी छन्। उनी यसअघि ‘मिस नेपाल २०२५’ को उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।

उपाधि जितेपछि सान्वीले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, वातावरणप्रति जिम्मेवार बन्ने तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Continue Reading

Facebook

Trending