lifestyle
शुन्दर मुग्लिन–पोखरा सडक खण्ड
पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तार भइरहेकाले हाल बाटो अझ सहज र आकर्षक देखिन थालेको छ।
सडक विस्तारसँगै तनहुँका विभिन्न फाँटहरू र मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधले राजमार्गको सौन्दर्यमा थप रंग भरेको छ। विशेषगरी तनहुँको एक्ले फाँट वरपर देखिने सफा र चिटिक्क सडक, हराभरा खेतबारीमा झुलिएका धानका बोटहरू र बाँधको मनमोहक दृश्यले यात्रुलाई रोकिएर हेर्नै बाध्य बनाउँछ।
यो प्राकृतिक र संरचनात्मक सौन्दर्यले पृथ्वी राजमार्गलाई अझ आकर्षक र रमणीय बनाएको छ।
You must be logged in to post a comment Login