Feature

सति घाँटु

avatar
Street Nepal

An editor at streetnepal


  • May 25, 2025
  • 7961 पटक पढिएको

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका अन्तर्गत भाङ्गे गाउँमा परम्परागत सति घाँटु नाच देखाईएको छ। गुरुङ समुदायमा सदियौंदेखि नाचिँदै आएको यो सांस्कृतिक नाच यस वर्ष दोस्रो पटक प्रदर्शन गरिएको हो।

गुरुबा र अगुवाहरुका अनुसार सति घाँटु नाच ३६ वटा गुरुगानमा आधारित छ, जसमा यम्फावती रानीको सति जानुको कथा प्रस्तुत गरिन्छ। तीन दिनसम्म गीत गाउँदै पुरानो सत्ययुगको कथामा आधारित संस्कारहरू निभाइन्छन्।

बेलमाया गुरुङका अनुसार हराउँदै गएको घाँटु नाचलाई जोगाउन स्थानीय आमा–बुबा समूहले २०८१ सालदेखि पुनः सुरु गरेका हुन्। आउँदो वर्ष पनि नाच प्रस्तुत गरी परम्परा अनुसार धुर्ने प्रक्रिया सम्पन्न गरिने योजना छ।

Facebook Comments