Feature

दसैँले खाली-खाली देखियो काठमाडौंको सडक

avatar
Street Nepal

An editor at streetnepal


  • October 19, 2026
  • 34 पटक पढिएको

दसैँको रौनक गाउँघरमा छ, त्यसको प्रभाव काठमाडौंका सडकमा देखिन थालेको छ। सधैँजसो सवारीसाधनको भीड, र मानिसको चहलपहलले व्यस्त रहने राजधानीका सडक यतिबेला सुनसान देखिन थालेका छन्।

दसैँको आठौँ दिनसम्म आइपुग्दा राजधानी छाडेर आफ्नो गाउँघर फर्किने क्रम जारी छ। रोजगारी, अध्ययन र विभिन्न पेसा–व्यवसायका लागि काठमाडौंमा बस्दै आएका मानिस दसैँ मनाउन घर फर्किएपछि सहरको चहलपहल घटेको हो।

सामान्य दिनमा सवारी जामले व्यस्त रहने सडकमा अहिले गाडीको चाप कम छ। सार्वजनिक यातायातदेखि निजी सवारीसाधनको आवागमन घट्दा सडक खुला देखिएका छन्। सहरका व्यस्त चोक र सडकमा समेत पहिलेको जस्तो भीडभाड छैन।

दसैँले काठमाडौंको दैनिकीलाई केही दिनका लागि शान्त बनाएको छ। सहरमा रहेका मानिस गाउँ फर्किएसँगै काठमाडौंका सडकले पनि मानौँ विश्राम लिइरहेका छन्।

तस्बिरमा हेर्नुहोस्, दसैँमा सुनसान बन्दै काठमाडौंका सडक।

default

Facebook Comments