Feature

तामाकोशी किनारमा पहेँलपुर धानखेत[तस्विरहरु]

avatar
Street Nepal

An editor at streetnepal


  • October 20, 2026
  • 17 पटक पढिएको

रामेछाप । दसैँको रौनकसँगै रामेछापको तामाकोशी नदी किनारका फाँटहरू पाकेको धानले पहेँलपुर बनेका छन्।

लहलहाउँदा धानका बाला झुलेपछि किसानहरू वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने तयारीमा जुटेका छन्।

नदी किनारका खेतमा पाकेको धानले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य थपेको छ। कतै धान काट्ने, कतै सुकाउने त कतै भित्र्याउने चटारो छ। दसैँ मनाउँदै खेतीपातीको काममा समेत व्यस्त किसानका लागि यो समय वर्षभरिको मेहनत फलाउने बेला हो।

नेपालको प्रमुख खाद्यबाली धानले खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। तर मौसमको अनिश्चितता, खडेरी, बेमौसमी वर्षा र सिँचाइको अभावले धान उत्पादनमा असर पार्ने गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ५७ लाख ५ हजार १२६ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो।

पहाडी क्षेत्रमा दसैँकै आसपास धान पाक्ने भएकाले किसानहरू चाडपर्वसँगै बाली भित्र्याउन व्यस्त हुने गर्छन्।

तामाकोशी किनारका पहेँलपुर फाँटले अहिले किसानको मेहनत र ग्रामीण जीवनको सुन्दर चित्र देखाइरहेका छन्।

नेपाल फोटो लाईब्रेरी

Facebook Comments