Video

सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?

Published

on

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.५ किलोमिटर चार लेन सडक विस्तारको काम सुस्त गतिमा भइरहेको छ। २०७९ पुस २४ गते (जनवरी ८, २०२३) सुरु भएको यस आयोजनाको हालसम्म ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

वर्षायाममा सडक हिलाम्य हुने समस्या गत वर्ष देखिएकोमा यसपटक धेरै खण्डमा सब-बेस र बेस बिछ्याइएकाले केही सुधार आउने आयोजनाले जनाएको छ। धुलिखेलनजिकैको भागमा कालोपत्रे समेत भइसकेको छ।

सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार साँगादेखि धुलिखेलसम्मको ८ किलोमिटर खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको छ। सूर्यविनायक-साँगा ७.५ किलोमिटर खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको छ।

साँघुरो सडकका कारण बढ्दो ट्राफिक जाम कम गर्न यो विस्तार भइरहेको हो। आयोजना अन्तर्गत २०-२० मिटरका तीनवटा पुल पनि निर्माण गरिनेछ जसको अनुमानित लागत ९० करोड रुपैयाँ छ। साँगामा डेढदेखि दुई किलोमिटर सडक आउने-जाने लेन तल-माथि गरी बनाइँदैछ।

यो सडक उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका ठाउँमा पुग्ने मुख्य मार्ग भएकाले विस्तारपछि धुलिखेल-भक्तपुरको सवारी चाप निकै कम हुने विश्वास गरिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version