lifestyle

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन जेठ १० देखि काठमाडौंमा

Published

on

काठमाडौं। तमू (गुरुङ) जातिको छाता संगठन, तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन जेठ १०देखि १२ सम्म काठमाडौंमा हुने भएको छ।

महाधिवेशनको उद्घाटन जेठ १० गते दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको छ।

“गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिवद्धता । तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अमौखिक सांस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशन” मूल नाराका साथ आयोजना हुने यस महाधिवेशनमा देशभरका करिब ७५० प्रतिनिधि सहभागी हुने परिषद्ले जनाएको छ।

परिषद्को सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशनले तमू जातिको भाषा, धर्म, संस्कृति, परम्परा, मौलिक स्थान नामहरूको पुनर्स्थापना, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र लिपिबद्धीकरण तथा तमूवानको पहिचानका मुद्दाहरूलाई जोडदार रूपमा उठाउने बताएको छ।

साथै, संविधानका मूलभूत विशेषताहरू जस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको रक्षाका लागि प्रतिबद्धता जाहेर गर्दै
महाधिवेशनको बन्दसत्र जेठ ११र १२ गते गोंगबुस्थित बिजी व्याङ्क्वेको हलमा हुने बताएको छ।

परिषद्ले वि.सं. २०६५ मा स्थापना भएयता विभिन्न चरणमा देशका विभिन्न ठाउँहरुमा राष्ट्रिय महाधिवेशनहरू सम्पन्न गर्दै आएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version