entertainment
बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग
तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि संकलन गरेको रकममध्ये १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार मंगलबार नै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
चेक हस्तान्तरणका लागि अध्यक्ष जुमकाजी गुरुङसहित वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी थिए। अध्यक्ष जुमकाजीसहित तमु धीं यूकेका ६ जना प्रतिनिधि सहयोग हस्तान्तरणका लागि आफ्नै व्यक्तिगत खर्चमा सोमबार बेलायतबाट नेपाल आएका थिए।
तमु धीं यूकेका सचिव विमल गुरुङका अनुसार बेलायतमा संकलित रकममध्ये करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापना भएको तमु धीं यूकेले महाभूकम्प, कोभिड महामारीलगायत विभिन्न विपद्का समयमा गरेको सहयोगबारे जानकारी गराएका थिए।
अर्थमन्त्री वाग्लेले विपद्का बेला तमु धीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारमाथि भरोसा गरेर राहतका लागि १६ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिए। उनका अनुसार हालसम्म १ अर्ब रुपैयाँ राहतका लागि निकासा भइसकेको छ।
उनले दसैंअघि नै बाढीपहिरो प्रभावितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी भइरहेको बताए। प्रभावित परिवारले रोजेको स्थानमा अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार १७ हजार रुपैयाँ सहयोग गरिने उनले बताए। स्थायी आवासका लागि साढे दुई वर्षभित्र सबै प्रभावित परिवारका घर निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो।
गत भदौ १० गते नेपालमा आएको बाढीबाट प्रभावितका लागि सहयोग जुटाउन बेलायतमा भदौ १४ (अगस्ट ३०) मा आयोजित १७औं नेपाली मेलादेखि रकम संकलन सुरु गरिएको थियो। नेपाली मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट बचत भएको रकम, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, तमु धीं आमा समूह, विभिन्न इकाइ तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिएको हो।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री वाग्ले र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले बाढीपीडितका लागि सहयोग गर्ने बेलायतवासी नेपालीप्रति आभार व्यक्त गरेका छन्।
entertainment
सिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य नामक परम्परागत कला प्रदर्शनी सुरु भएको छ।
ग्यालरीको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रदर्शनीलाई प्रदीप शाक्यले क्युरेट गर्नुभएको हो।
प्रदर्शनीमा काठमाडौं उपत्यकामा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका धातु, काठ, ढुंगा र चित्रकलाका माध्यमबाट निर्मित देवीदेवताका आकृतिहरू राखिएका छन्।
यसको मुख्य विशेषता हिन्दू र बौद्ध परम्पराका देवीदेवतालाई एउटै छानामुनि प्रस्तुत गर्नु हो। यहाँ भैरव र गणेशका साथै प्रज्ञापारमिता, अवलोकितेश्वर, तारा र वसुन्धराजस्ता प्रतिमाहरू देख्न सकिन्छ, जसले उपत्यकाको गहिरो धार्मिक सहअस्तित्व झल्काउँछ।
क्युरेटर शाक्यका अनुसार यहाँका मूर्तिहरू केवल कलाकृति वा विगतका अवशेष मात्र होइनन्; यी धार्मिक विधिद्वारा आह्वान गरिने र पुजिएका ‘जीवित उपस्थिति’ हुन्। यस कला परम्परामा व्यक्तिगत प्रतिभाभन्दा पनि पारिवारिक सीप र पुर्ख्यौली ज्ञानको ठूलो भूमिका हुन्छ, जुन आजका कलाकारले समेत निरन्तरता दिइरहेका छन्।
सन् १९८७ मा स्थापित यस ग्यालरीले ६०० भन्दा बढी प्रदर्शनी गरिसकेको छ। यस प्रदर्शनीमा अमिर शाक्य, उजया बज्राचार्य, सिवाली शाक्यलगायतका कलाकारका सिर्जनाहरू समेटिएका छन्। दैविक साैन्दर्य केवल एक कला प्रदर्शनी मात्र नभई काठमाडौं उपत्यकाको हजारौँ वर्ष पुरानो सांस्कृतिक स्मृति, आस्था र परम्परागत शिल्पको ज्यूँदो दस्तावेज बनेको छ।









entertainment
बबरमहलमा राखियो आकाशे पुल
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुलको मुख्य संरचना फिट गरिएको हो।
अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुलमा भर्याङ राख्ने काम भने बाँकी छ। भर्याङ जडान भएपछि पैदलयात्रीले सहज रूपमा पुल प्रयोग गर्न सक्नेछन्।
जिल्ला अदालत अगाडिको व्यस्त सडकमा दैनिक ठूलो संख्यामा पैदलयात्रीले सडक पार गर्ने गर्छन्। आकाशे पुल सञ्चालनमा आएपछि सडक पार गर्दा हुने जोखिम कम हुनुका साथै पैदलयात्रीलाई निकै सहज हुने अपेक्षा गरिएको छ। साथै, बबरमहल क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।




entertainment
आकाशबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गरेका हुन्।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी भएका छन्।
देशभरबाट आएका हजारौँ प्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थितिले खुलामञ्च भरिभराउ देखिएको छ। ड्रोनबाट हेर्दा महाधिवेशनका लागि तयार पारिएको विशाल संरचना र सहभागीहरूको भीडले खुलामञ्चको दृश्य अझ आकर्षक देखिएको छ।
आज उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने कार्यतालिका छ।








-
entertainment2 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment2 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment3 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment3 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment4 weeks agoकाठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
entertainment4 weeks agoगोकर्णमा कुशे औंसी
-
entertainment4 weeks agoरिस्ताको नृत्य यात्रा


You must be logged in to post a comment Login