Connect with us

Feature

पर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान

Published

on

नेपाल पर्यटन बोर्ड लाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप प्रतिष्ठित “पाटा दीर्घकालीन सदस्यता सम्मान” प्रदान गरिएको छ।

उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँग मा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले उक्त सम्मान ग्रहण गरेका थिए।

यस सम्मानले पाटासँग नेपाल पर्यटन बोर्डको दीर्घकालीन सहकार्य, क्षेत्रीय पर्यटन सहकार्य सुदृढीकरण, दिगो पर्यटन विकास तथा विश्व पर्यटन प्रवर्द्धनप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको जनाइएको छ।

सम्मेलनका अवसरमा नेपालको निजी पर्यटन क्षेत्रसमेत सम्मानित भएको छ। यति ट्राभल्स लाई ६० वर्षे साझेदारीका लागि सम्मान प्रदान गरिएको थियो भने सुमन पाण्डे लाई पाटा आजीवन सदस्यका रूपमा सम्मान गरिएको छ।

उक्त सम्मानले क्षेत्रीय पर्यटन उद्योगमा नेपालको सक्रिय सहभागिता, सहकार्य तथा नेतृत्वदायी भूमिकालाई थप उजागर गरेको पर्यटन बोर्डले जनाएको छ।

पाटा वार्षिक सम्मेलन २०२६ मा एशिया–प्रशान्त क्षेत्रका पर्यटन नेतृत्वकर्ता, नीति निर्माता, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। सम्मेलनमा दिगो तथा उत्थानशील पर्यटनको भविष्यबारे व्यापक छलफल भइरहेको बताइएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Feature

किसानलाई धान भित्र्याउने चटारो

Published

on

चारैतिर दसैँको चहलपहल बढिरहेका बेला भक्तपुरका किसान भने पाकेको धान भित्र्याउन व्यस्त छन्। बजारमा किनमेल गर्नेको भीड बढेको छ भने खेतमा किसानलाई धान काट्ने र भण्डारण गर्ने चटारो परेको छ।

दसैँ र धान पाक्ने समय एकैपटक परेपछि किसानलाई चाडपर्वसँगै खेतीपातीको काम पनि सक्नुपर्ने दबाब छ। खेतमा पहेँलपुर भएको धान काट्ने, थ्रेसरबाट दाना छुट्याउने र बोरामा भरेर घर लैजाने काममा किसान जुटेका छन्।

कतिपय किसानले छिमेकीसँग अर्मपर्म गरेर धान काटिरहेका छन्। परिवारका सदस्य र छिमेकी मिलेर काम गर्दा धान भित्र्याउन सहज भएको छ।

बेमौसमी वर्षाले पाकेको बालीमा क्षति पुर्‍याउन सक्ने भएकाले पनि किसान सकेसम्म छिटो धान भित्र्याउन हतारिएका छन्। वर्षा भए धान भिज्ने, बाला झर्ने र उत्पादनको गुणस्तर घट्ने जोखिम हुन्छ।

वर्षभरि परिवारलाई खान पुग्ने अन्न सुरक्षित गर्ने समय भएकाले किसानका लागि धान भित्र्याउनु महत्त्वपूर्ण छ। त्यसैले बजारमा दसैँको किनमेल र घरघरमा चाडपर्वको तयारी चलिरहँदा भक्तपुरका खेतमा भने किसानको पसिना बगिरहेको छ।

दसैँको टीका र जमराको प्रतीक्षासँगै किसानलाई अहिले पाकेको बाली सुरक्षित रूपमा भकारीसम्म पुर्‍याउने हतारो छ।

Continue Reading

Fashion

सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि

Published

on

नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘ब्युटी विथ वेलनेस’ नारासहित आयोजित प्रतियोगितामा २५ भन्दा बढी देशका सुन्दरी सहभागी थिए। प्रतियोगिताको शीर्ष पाँचमा नेपालसहित क्यानडा, स्विट्जरल्यान्ड, मोरक्को र इटालीका प्रतिनिधि पुगेका थिए। क्यानडाकी प्रतिस्पर्धी प्रथम रनरअप बनिन्।

जनकपुरकी सान्वीले बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) मा स्नातक गरेकी छन्। उनी यसअघि ‘मिस नेपाल २०२५’ को उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।

उपाधि जितेपछि सान्वीले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, वातावरणप्रति जिम्मेवार बन्ने तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Continue Reading

Feature

हराउँदै चङ्गाको उमङ्ग

Published

on

दशैँ नजिकिँदै गर्दा विगतमा नेपाली आकाशमा देखिने रङ्गीचङ्गी चङ्गाको उमङ्ग हिजोआज भने कम हुँदै गएको छ। दशैँको आगमनसँगै चङ्गा उडाउने परम्परा रहे पनि पछिल्लो समय यसप्रतिको आकर्षण घट्दै गएको देखिन्छ।

यद्यपि, काठमाडौँको चोभार पुग्दा भने केही युवा, बालबालिका तथा परिवार चङ्गा उडाएर रमाइरहेको देखिन्थ्यो। खुला आकाशमुनि चङ्गा उडाउँदै गरेका उनीहरूका लागि चोभारको वातावरण रमाइलो गर्ने अवसर बनेको थियो। कोही चङ्गाको धागो सम्हाल्न व्यस्त थिए भने कोही आकाशमा उडिरहेको चङ्गा हेर्दै रमाइरहेका थिए।

दशैँको समयमा चङ्गा उडाउनु नेपाली समाजमा लामो समयदेखि चलिआएको परम्परा हो। वर्षायाम सकिएर मौसम खुल्ने समय चङ्गा उडाउन अनुकूल मानिन्छ। बदलिँदो जीवनशैली र मनोरञ्जनका नयाँ माध्यमबीच पनि चोभारमा देखिएको यो दृश्यले दशैँसँग जोडिएको पुरानो संस्कृतिको झल्को दिन्छ।

चङ्गा उडाइरहेका युवा र बालबालिकाको उत्साहले हराउँदै गएको यो परम्परालाई अझै जीवन्त राख्ने आशा जगाउँछ।

Continue Reading

Facebook

Trending