Feature

एनपिएलको लागी क्रिकेट मैदान तयार

avatar
Street Nepal

An editor at streetnepal


  • October 15, 2026
  • 10 पटक पढिएको

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ। 

मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र दर्शकका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

मैदानको प्यारापिटमा नयाँ बकेट कुर्सी जडान गरिएको छ भने स्वागतद्वार निर्माणलगायतका काम पनि अघि बढाइएको छ। फ्लडलाइटको व्यवस्था भएसँगै आवश्यकताअनुसार रातमा समेत खेल सञ्चालन गर्न सकिनेछ।

यसपटक दर्शकको सहजताका लागि डिजिटल टिकट प्रणाली र सिट नम्बरको व्यवस्था गरिएको छ। साथै, सुरक्षा जाँच, सिसिटिभी निगरानी तथा पार्किङ व्यवस्थापनमा पनि ध्यान दिइएको छ।

आगामी कात्तिक ९ गतेदेखि आठ टोलीबीच प्रतिस्पर्धा हुने एनपिएलको तेस्रो संस्करणका लागि मैदानलाई व्यवस्थित र आकर्षक बनाउने कामलाई तीव्रता दिइएको हो।

default
default
default
default

Facebook Comments