Connect with us

Auto

नेपालमा सुरु भयो उबर

Published

on

  • सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

नेपालमा अब विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उबर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उबरले बिहीबारदेखि काठमाडौंमा Uber Go, Uber Comfort र Uber Bike सेवा सुरु गरेको घोषणा गरेको हो। यससँगै नेपाल एशिया–प्रशान्त (APAC) क्षेत्रको उबरको ११औँ बजार तथा दक्षिण एशियामा पछिल्लो एक दशकयता उबर प्रवेश गरेको पहिलो नयाँ बजार बनेको छ।

उबरका अनुसार नेपालमा बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरिएको हो। अब नेपाली यात्रु तथा विदेशी पर्यटकहरूले एउटै उबर एपमार्फत सहज, भरपर्दो र सुरक्षित यात्रा सेवा लिन सक्नेछन्।

उबरका APAC क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई उबरको विश्वव्यापी सञ्जालमा स्वागत गर्दै यसलाई कम्पनीको विस्तार यात्राको महत्वपूर्ण कोसेढुङ्गा बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहुँचलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक तथा डिजिटल यातायात प्रणाली निर्माणतर्फको महत्वपूर्ण उपलब्धि भएको बताए। उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Auto

पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु

Published

on

पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ। साउन ३ गतेदेखि ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेलमैदानमा सञ्चालन भइरहेको यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्रै बजाजका मोटरसाइकल तथा स्कुटर न्यूनतम डाउन पेमेन्टमा र ५ वर्षसम्मको फाइनान्स सुविधासहित खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार मेलामा शून्य सेवा शुल्क (Zero Service Charge), अन-द-स्पट फाइनान्स, पुरानो सवारीसाधनको मूल्यांकनमा थप ७ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन तथा आकर्षक नगद छुटको व्यवस्था गरिएको छ।

यस मेलामा कुनै पनि कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ। ग्राहकहरूको पुराना सवारीसाधनको उचित र उच्चतम मूल्यांकन गर्न कम्पनीले अनुभवी तथा दक्ष भ्यालुएटरको व्यवस्था गरेको जनाएको छ। मूल्यांकनपछि कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँसम्म बोनस भ्यालुएसन पनि उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार यस योजनाले मोटरसाइकल खरिदका क्रममा आवश्यक पर्ने घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता कागजातको झन्झट हटाएको छ। किस्ताबन्दीमा खरिद गर्न चाहने ग्राहकले नागरिकताको आधारमा मात्र आवेदन दिएर करिब एक घण्टाभित्रै लोन स्वीकृत गराई सरल फाइनान्समार्फत सुविधा लिन सक्नेछन्।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को आयोजनामा भइरहेको यो ‘बजाज झ्याम्मै एक्सचेन्ज मेला’ नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजनामध्ये एक भएको कम्पनीको दाबी छ।

बजाज पोखराका सञ्चालक आघोषमान बुद्धाचार्यका अनुसार मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटरको उच्चतम मूल्यांकन गरी बजाजका नयाँ मोडेल सहज रूपमा खरिद गर्न सकिनेछ। साथै, मेलाबाट बजाजको विद्युतीय स्कुटर चेतक (Chetak) पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

Continue Reading

Auto

सुरुङमार्गमा ‘फन रन एण्ड वाक २०२६

Published

on

काठमाडौं–धादिङ जोड्ने नागढुंगा सुरुङमार्गमा शनिबार बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक २०२६’ आयोजना गरिएको छ।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई सुरुङमार्गभित्र दौडने र हिँड्ने विशेष अवसर प्रदान गरिएको हो।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवसर पारेर आयोजित कार्यक्रमले नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पूर्वाधार विकासमा भएको सहकार्यलाई उजागर गरेको छ।

कार्यक्रमस्थलमा नेपाल र जापानका राष्ट्रिय झण्डासहितको ब्यानर राखिएको थियो, जसले दुई देशबीचको दीर्घकालीन साझेदारीको सन्देश दिएको छ।

DCIM\108MEDIA\DJI_0654.JPG

Continue Reading

Auto

अब ट्राफिक नियम तोड्न सजिलो छैन!

Published

on

काठमाडौंका सडकमा ट्राफिक प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। मुख्य सडक मात्रै होइन, भित्री गल्लीसम्म ट्राफिक प्रहरीको निगरानी विस्तार भएको छ।

लेन मिच्ने, रातो बत्ती उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने वा सडक अनुशासन विपरीत सवारी चलाउने चालकलाई तत्काल कारबाही भइरहेको छ। अझ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा समेत नियम उल्लंघन गर्ने चालकलाई कानुनी दायरामा ल्याउन थालिएको छ।

दुर्घटना बढी हुने स्थान, समय र चालकको व्यवहारको विश्लेषण गर्दै ट्राफिक प्रहरी परिचालन गरिएकाले अहिले कारबाही अझ प्रभावकारी बनेको छ। काठमाडौं उपत्यकामा दैनिक करिब १,६०० ट्राफिक प्रहरी खटिने र औसत २,५०० सवारी साधन कारबाहीमा पर्ने गरेका छन्।

अब काठमाडौंका सडकमा नियम उल्लंघन गर्दा प्रहरीको नजरबाट बच्न झन् कठिन बन्दै गएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com