Video
YO SAMBANDHA
Very well crafted music video by Darwin/Darpan is out on YouTube. This video portrays a story of a couple, who happen to be in love with each other despite their differences. The couple tried and hoped to stay together with filthy hope that it might work out. This song is written by sung by Darwin Lungeli and back vocal is lent by Darpan Niraula. In direction of Shashwat Parajulee and Suraj Darlami Magar model Nisha (Cat Black) Joshi and Prayash Bantawa Rai have acted in the video. Anjan Karki and Rohan Maharjan have edited the video.




Fashion
कलंकीदेखि बल्खुसम्म सवारीसाधनको लाम
कलंकीदेखि बल्खुसम्म सडकको दुवैतर्फ ठूला सवारीसाधनको लाम लागेको छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएपछि काठमाडौं बाहिरिने ठूला सवारीसाधनलाई कलंकीमै रोकिएको हो।
सवारीसाधन रोकिएपछि कलंकीदेखि बल्खुसम्म सडकको किनारमा ट्रक तथा अन्य ठूला गाडीहरूको लाम देखिएको छ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौं बाहिरिने यात्रु तथा मालवाहक सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
धादिङ प्रशासनका अनुसार मौसममा सुधार आएर सडकमा देखिएको अवरोध हटेपछि मात्रै पृथ्वी राजमार्गमा सवारी सञ्चालन गर्न दिइनेछ।
त्यसैले अहिले काठमाडौं बाहिरिने तयारीमा रहेका सवारीसाधन कलंकीमै रोकिएका छन्।
वर्षा र सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै अघि बढ्नुपर्ने देखिन्छ।





entertainment
१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
अनिता गुरुङ
कास्कीको ल्होँगो अर्थात् ल्वाङ गाउँमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको जीवनयात्रा धम्पुसमा आएर नयाँ अध्यायसँग जोडियो । जन्मभूमिको माटो र कर्मभूमिको सम्बन्धले उहाँको जीवनलाई केवल एउटा गाउँकी छोरी र बुहारीको परिचयमा सीमित राखेन । तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै त्यसको संरक्षण र पुस्तान्तरणको अभियानमा उहाँ निरन्तर सक्रिय रहनुभयो । सामाजिक सेवासँगै नेतृत्व र महिला सहभागिताका क्षेत्रमा उहाँले बनाएको आफ्नो छुट्टै पहिचान आज धम्पुसदेखि तमु समुदायसम्म परिचित छ ।
तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानसँग जोडिएको सामाजिक अभियानमा उहाँले लामो समय नेतृत्व गर्नुभएको छ।
तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको अध्यक्षका रूपमा १२ वर्ष ६ महिना ७ दिन बिताउनुभएकी पुष्पा तेल्स्यो तमु अहिले सल्लाहकार संयोजकको भूमिकामा हुनुहुन्छ।
जानी–नजानी संस्थामा जोडिएर सुरु भएको उहाँको यात्रा विस्तारै नेतृत्वको यात्रामा बदलियो। सुरुवाती दिनमा संस्था र काम सिक्दै अघि बढ्नुभएकी उहाँ आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भनेको संगठन विस्तार मान्नुहुन्छ।

उहाँको नेतृत्वमा पूर्वदेखि पश्चिमसम्म २० वटा जिल्लामा महिला समिति गठन गर्न सफल भएको उहाँ बताउनुहुन्छ। तर यो उपलब्धिलाई उहाँ आफ्नो व्यक्तिगत सफलता मान्नुहुन्न।
“म सफल हुनु भनेको मेरो समिति सफल हुनु हो। आमाहरूको सहयोगले नै संगठन विस्तार सम्भव भएको हो,” उहाँ भन्नुहुन्छ।
अग्रजहरूको सुझाव र तमु प्ये ल्हु संघको सहकार्यमा अघि बढेको संगठन विस्तारको यात्रा भने त्यति सहज थिएन। विशेषगरी तमु पेता–ल्हुता, संस्कार र संस्कृतिबारे जानकारी कम भएका ठाउँमा पुगेर संगठन निर्माण गर्नु निकै चुनौतीपूर्ण थियो।
नयाँ ठाउँमा पुगेर तमु संस्कार–संस्कृतिबारे बुझाउने, महिलाहरूलाई संगठित गर्ने र संस्थासँग जोड्ने काम उहाँका लागि नेतृत्वको महत्वपूर्ण अनुभव बन्यो।
पुष्प तमुका लागि तमु प्ये ल्हु संघ केवल एउटा संस्था मात्र रहेन। यही संस्थामार्फत उहाँले तमु संस्कार, संस्कृति र पहिचानलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो।
महिला विभागसँगै युवा तथा खेगी विभागका गतिविधिबाट पनि उहाँले धेरै कुरा सिक्ने अवसर पाउनुभयो। विशेषगरी खेगीहरूको माध्यमबाट पेता–ल्हुता र तमु संस्कारबारे बुझ्ने मौका पाएको उहाँ बताउनुहुन्छ।
संस्थामा आबद्ध भएपछि देशका विभिन्न ठाउँका तमु महिलासँग भेट्ने, उनीहरूका अनुभव सुन्ने र एउटै उद्देश्यका लागि काम गर्ने अवसर उहाँले पाउनुभयो।
यसले उहाँको सामाजिक यात्रा मात्र फराकिलो बनाएन, तमु महिलाको नेतृत्व क्षमता र योगदानलाई नजिकबाट चिन्ने अवसर पनि दियो।
तीन कार्यकालसम्म महिला समितिको नेतृत्व गरेपछि पदबाट बिदा हुने बेला पुष्प तमुको मनमा एउटा सोच आयो—संस्थामा आफ्नो एउटा चिनो छोडेर जाने।
त्यही सोचबाट आफ्ना सासु–ससुराको नाममा महिलाका लागि अक्षयकोष स्थापना गर्ने योजना बन्यो।
तमु प्ये ल्हु संघमा विभिन्न प्रयोजनका अक्षयकोष भए पनि महिलाका लागि छुट्टै अक्षयकोष नरहेको महसुस भएपछि उहाँले महिला प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभयो।
त्यसैबाट पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा योगदान गरेका तमु महिलालाई सम्मान गरिँदै आएको छ।
बरिष्ठ सञ्चारकर्मी रिता तमुबाट सुरु भएको सम्मानको यात्रा रेडियो नेपाल गण्डकी प्रदेशकी प्रमुख शान्ति तमु, अधिवक्ता जुना तमु हुँदै पछिल्लो पटक बरिष्ठ सञ्चारकर्मी अनिता तमुसम्म पुगेको छ।

पुष्प तमुका लागि यो सम्मान एउटा व्यक्तिको सम्मान मात्र होइन। तमु समाजमा महिलाले पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् भन्ने देखाउने माध्यम पनि हो।
“हाम्रा तमु महिलाहरू पनि विभिन्न क्षेत्रमा छन् भन्ने देखाउन र उहाँहरूलाई थप प्रोत्साहन गर्न यो अक्षयकोष स्थापना गरेकी हुँ,” उहाँको भनाइ छ।
महिला समितिले आफ्ना कार्यक्रमहरूमा महिला नेतृत्वलाई प्राथमिकता दिँदै आएको छ। प्रमुख अतिथिका रूपमा समेत महिलालाई अगाडि ल्याउने अभ्यासलाई पुष्पा संघको महत्वपूर्ण उपलब्धि मान्नुहुन्छ।
उहाँ भन्नुहुन्छ “यो औपचारिक कार्यक्रम मात्र होइन, महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिने माध्यम हो”।
तमु समाजमा धेरै महिला प्रतिभा र क्षमता भएर पनि अवसरको खोजीमा रहेको उहाँको अनुभव छ। त्यसैले उनीहरूलाई चिन्ने, प्रोत्साहन गर्ने र सम्मान गर्ने वातावरण बनाउनुपर्ने उहाँ बताउनुहुन्छ।
पुष्पा तेल्स्यो तमुको अनुभवमा हरेक पुस्ताको संघर्ष फरक हुन्छ।
अग्रजहरूले संस्था स्थापना र पहिचानका लागि संघर्ष गरे। अहिलेको पुस्ताले त्यसलाई विस्तार, संरक्षण र नयाँ पुस्तासम्म पुर्याउने जिम्मेवारी बोकेको छ।
“त्यतिबेलाको संघर्ष छुट्टै थियो, हाम्रो पालाको संघर्ष पनि छुट्टै छ,” उहाँ भन्नुहुन्छ।
विशेषगरी अहिले संगठन विस्तारसँगै नयाँ पुस्तालाई तमु भाषा, संस्कार र संस्कृतिसँग जोडिराख्नु अर्को चुनौती बनेको उहाँको बुझाइ छ।
उहाँका लागि संस्था कुनै एक व्यक्तिको प्रयासले मात्र चल्ने विषय होइन। नेतृत्व परिवर्तन हुँदै जान्छ, तर संस्था र यसको उद्देश्य निरन्तर अघि बढ्नुपर्छ।
१२ वर्ष ६ महिना ७ दिनको नेतृत्वपछि पुष्प तमु अहिले सल्लाहकार संयोजक हुनुहुन्छ। पद परिवर्तन भए पनि महिला समितिसँगको उहाँको सम्बन्ध भने उस्तै छ।
महिला समितिबाटै पहिलोपटक महिला नेतृत्व गर्ने अवसर पाएकाले महिला समिति भनेपछि आफूलाई विशेष आत्मीयता महसुस हुने उहाँ बताउनुहुन्छ।
त्यसैले नेतृत्वबाट बाहिरिँदा स्थापना गरेको महिला अक्षयकोष उहाँको संस्थाप्रतिको सम्बन्धको एउटा महत्वपूर्ण चिनो बनेको छ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट तमु महिलाहरू कार्यक्रममा सहभागी हुन आउँदा उहाँलाई आफ्नो नेतृत्व यात्रा सम्झना हुन्छ।
कठिन यात्रा र मौसमको सामना गर्दै कार्यक्रममा सहभागी हुने दिदीबहिनीप्रति उहाँ आभार व्यक्त गर्नुहुन्छ।
आज पुष्प तमु नेतृत्वको अग्रपंक्तिमा हुनुहुन्न। तर उहाँले निर्माण गरेको संगठनात्मक आधारमा नयाँ नेतृत्वले यात्रा अघि बढाइरहेको छ।
पुष्प तेल्स्यो तमुको कथा १२ वर्ष ६ महिना ७ दिन पदमा बसेको कथा मात्र होइन। यो संगठन निर्माण, महिला नेतृत्व, सांस्कृतिक पहिचान र पुस्तान्तरणको कथा हो।
धम्पुसबाट सुरु भएको उहाँको सामाजिक यात्रा पूर्वदेखि पश्चिमसम्मका तमु महिलालाई एउटै संस्थागत यात्रामा जोड्ने अभियानसँग जोडिएको छ।
उहाँको आफ्नै शब्दमा—
“मेरो सफलता भनेको सम्पूर्ण तमु प्ये ल्हु संघ महिला समिति सफल हुनु हो।”
मेरो नेतृत्वको एउटा अध्याय पूरा भएको छ। तर यात्रा रोकिएको छैन।
entertainment
‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ। गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सुरज तमूको शब्द तथा संगीत रहेको गीतमा सुरज तमू र शान्ति श्री परियारको स्वर छ। मनोज थापा मगरले संगीत संयोजन गरेको गीतको भिडियोमा सिनेमाका कलाकार मनोज गुरुङ र अनुशा राई देखिएका छन्।
माओत्से गुरुङको निर्देशन तथा कथामा बनेको सिनेमाले लाहुरे जीवन, पेन्सनसँग जोडिएका पारिवारिक समस्या, प्रेम, त्याग र विछोडको कथा प्रस्तुत गर्छ। निर्देशक गुरुङका अनुसार सिनेमा पेन्सनमा मात्र केन्द्रित नभई मानवीय सम्बन्ध र भावनात्मक पक्षलाई समेत प्राथमिकतामा राखिएको छ।
सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ। नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।


-
entertainment3 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment1 week agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
entertainment3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment4 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
entertainment5 days agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
-
Auto2 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस


You must be logged in to post a comment Login