Feature

गन्तब्य पाँचपोखरी (तस्विरहरु)

Published

on

सिन्धुपाल्चोक जिल्लाको पांचपोखरी थाङ्पाल गाउँपालिकामा पर्ने पांचपोखरी एक पर्यटकीय गन्तब्यको रुपमा विकसित भएको छ। धार्मिक आस्थाको केन्द्र पांचपोखरी समुद्री सतहबाट लगभग ४१ सय मिटर उचाइमा रहेको छ।


इन्द्रावती नदीको मुहान मानिने पांचपोखरीलाई भगवान शिव पार्वती वासस्थानको रूपमा लिइन्छ भने पाँचवाट पोखरीलाई उहाँहरूको छोरीको रूपमा लिइँने गरेको बताइन्छ।


स्वर्गका राजा इन्द्रले आफ्नो राजकाज देखी दिक्क भएर पांचपोखरीमा गएर तपस्या गरे पछि शान्ती प्राप्त गरेको भन्ने कथन पनि स्थानीयहरुले गर्ने गर्छन। लाक्पा दोर्जी र जुगल हिमालको सामुन्ने रहेको पांचपोखरी वर्षायाममा शान्त संगै सुन्दर देखिएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version