Feature

कुहिरोको घुम्टोभित्र मनमोहक भोर्लेटार बजार

लमजुङको मध्यनेपाल नगरपालिका–१० अन्तर्गत नेटा थान्सिङको डाँडा चौतरा र मालिका देवी मन्दिर परिसरबाट बुधबार बिहान देखिएको दृश्य मनमोहक थियो।

बिहानको कलिलो घाम डाँडाकाँडामा पर्दै गर्दा भोर्लेटार बजार भने बाक्लो कुहिरोले ढाकिएको थियो। कुहिरोको घुम्टोभित्र लुकेको भोर्लेटार बजारले पर्यटकीय क्षेत्र मानुङकोटको झल्को दिइरहेको थियो।

त्यहाँबाट भोर्लेटारसँगै करापुटार, रामबजार तथा कास्कीको सिमावर्ती क्षेत्र पिप्ले बजार, स्यास्त्री र गाउँबाङ्ग्रेका बस्तीहरू पनि देखिन्थे। कतै कुहिरोले बस्ती छोपेको थियो भने कतै डाँडामा परेको घामले हरियाली र बस्तीलाई उज्यालो बनाइरहेको थियो।

एउटै दृश्यमा कुहिरो, पहाड, बस्ती र बिहानको घामको सुन्दर संयोजन देखिन्थ्यो। प्रकृतिको यही मनमोहक दृश्यले लमजुङको ग्रामीण भूगोल र यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको थियो।

तस्बिर : सुरज गुरुङ/ स्ट्रिट नेपाल

Facebook Comments