Connect with us

Offbeat

KHABAR HARAYEKO CHITTH AT DISAPPEARED DAY

Published

on


Today is 30th August it means ‘The International Day of the Disappeared’. During armed conflict many people were forcefully detained and made disappear from both sides. Long time has been passed after peace treaty but the statuses of disappeared ones are still unknown. So the12 enthusiastic theater directors have directed a drama called ‘Khabar Harayeko Chitthi’ based on problems of the families of disappeared ones. The drama is prepared by the collaboration of four dramas by 12 directors. Aakanchha Karki, Kiran Chamling Rai, Che Shankar, Kedar Shrestha, Sudam CK, Sijan Dahal, Chetan Aangthupo, Paribartan, Patrika Ghimire, Renuka Karki, Pashupati Rai, and Sonam Lama are the 12 writers, director and actor of the ‘Khabar Harayeko Chitthi’. This drama will be playing till 24th of Bhadra everyday at 5:30 pm accepts on Monday but there will extra show on Saturday at 1 pm.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Offbeat

नेपाल–साउदी अरब श्रम सम्झौताः वैदेशिक रोजगारीमा नयाँ अध्याय

Published

on


काठमाडौं, जेठ १४

नेपाल र साउदी अरबबीच वैदेशिक रोजगारीका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले महत्वपूर्ण श्रम सम्झौता भएको छ। सम्झौतामा हस्ताक्षर गर्दै दुवै देशले सुरक्षित, व्यवस्थित र पारदर्शी श्रम आप्रवासन प्रणालीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

सम्झौता अनुसार, साउदी अरबमा काम गर्ने नेपाली कामदारहरूको अधिकार र हित सुनिश्चित गर्न विशेष व्यवस्था गरिनेछ। यसमा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, न्यूनतम तलब, कामको वातावरण, र विवाद समाधानका स्पष्ट प्रावधानहरू समावेश गरिएको छ।

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले भने, ‘यो सम्झौता नेपाली कामदारहरूको जीवनस्तर सुधार गर्ने दिशामा ठुलो कदम हो।’ साउदी अरबका श्रम मन्त्रीले पनि दुवै देशबीचको सहकार्यले श्रम बजारलाई अझ व्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गरे।

सम्झौता अन्तर्गत, दुवै देशले श्रमिकहरूको तालिम, दक्षता विकास, र रोजगारीमा समान अवसर सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, वैदेशिक रोजगारमा हुने शोषण र ठगी रोक्न दुवै पक्षले संयुक्त निगरानी प्रणाली लागू गर्ने सहमति गरेका छन्।

नेपाल र साउदी अरबबीचको यो श्रम सम्झौता १९९५ पछि भएको पहिलो व्यापक सहकार्य हो। यसले आगामी दिनमा हजारौं नेपाली कामदारलाई सुरक्षित र सम्मानजनक रोजगारीको अवसर दिलाउने अपेक्षा गरिएको छ।

Continue Reading

entertainment

चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी

Published

on

दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ।

प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।

पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्।

प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्। उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।

प्रदर्शनी जेठ १४, १५ र १६ गते क्रमशः बिहीबार, शुक्रबार र शनिबार आयोजना गरिने आयोजकले जनाएको छ।

Continue Reading

Feature

हाम्रो संस्कृति, हाम्रो उत्सव नारा सहित २३ गते बौद्ध महोत्सव हुदै

Published

on

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धको आयोजनामा हुने महोत्सव आगामी जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवमार्फत बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता तथा सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा स्थानीयवासी, युवा, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँक्री नृत्य, स्थानीय कला–हस्तकला प्रदर्शनी, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति समावेश गरिनेछ। साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताए। उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचान संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्‍याउनु महोत्सवको मुख्य उद्देश्य हो।

महोत्सवलाई बौद्ध क्षेत्रको साझा उत्सवका रूपमा मनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा सूचना, ब्यानर र प्रचार सामग्रीमार्फत सहभागिताका लागि आह्वान गरिनेछ। सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजागाजा तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनका लागि पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको आयोजकले जनाएको छ। ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टोली परिचालन गरिनेछ।

महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ। आयोजकका अनुसार विदेशी पर्यटकहरूले नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद तथा सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन्, जसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रम सबैका लागि खुला रहनेछ। आयोजकले स्थानीयवासी, परिवार, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई “हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव” सफल बनाउन सहभागी हुन आग्रह गरेको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com