Feature
Free condom !
People from all around the globe celebrated AIDS day in different ways. HIV AIDS day is celebrated worldwide to alert people about HIV AIDS infection, control, take care and treatment facility from 1988 on 1st Dec. On the occasion of AIDS day some youngsters of Nepal distributed condom for free at Basantapur, Kathmandu. They have covered their face with mask and dressed up in colorful unusual dress. According to them they did it to encourage people to use condom to protect themselves from HIV infection.

Feature
इतिहास बन्दै गरेको बल्खुको सुकुम्बासी बस्ती
काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा अहिले बेग्लै दृश्य देखिएको छ। वर्षौँदेखि बागमतीको तिरमा सानो संसार बसाएका सुकुम्बासीहरू आज आफ्नै हातले आफ्नो आश्रय भत्काउन र सरसामान पोको पार्न विवश छन्।
सरकारले नदी किनार खाली गर्न माइकिङ गरेपछि यहाँका बासिन्दाहरू आफ्ना सरसामान सुरक्षित राख्न र उचित ठाउँको खोजीमा दौडधुप गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयको सूचना र महानगरको सक्रियतापछि बिहीबार बिहानैदेखि बल्खु क्षेत्रमा सामान ओसार्नेको लर्को लागेको छ। कतै टहरा भत्काउँदै गरेको आवाज सुनिन्छ त कतै भविष्यको चिन्ताले भरिएका अनुहारहरू देखिन्छन्। नदी किनारलाई स्वच्छ र सुन्दर बनाउने सरकारी लक्ष्य भए पनि, आफ्नै थातथलो नभएकाहरूका लागि यो विस्थापन निकै चुनौतीपूर्ण बनेको छ।
बल्खुदेखि वंशीघाटसम्म फैलिएको यो अभियानले नदी किनारका अनधिकृत बस्तीहरू अब बिस्तारै इतिहास बन्ने संकेत दिएको छ। महानगरको यो कदमसँगै वर्षौँदेखिको बस्ती रित्तिँदै जाँदा त्यहाँका बासिन्दाहरू भने ‘अबको रात कहाँ बिताउने’ भन्ने अन्योल र पिरलोमा छन्।





Feature
बलम्बु फ्लाईओभर सञ्चालनको तयारीमा
काठमाडौँको बलम्बुमा रहेको फ्लाई ओभर अब सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गसँग जोडिएको यो फ्लाईओभर सुरुङ सञ्चालनसँगै प्रयोगमा ल्याइने तयारी गरिएको छ। यो फ्लाईओभर नागढुंगा सुरुङ परियोजनाको महत्वपूर्ण संरचना हो, जसले सुरुङबाट आउने सवारीलाई सिधै त्रिभुवन राजपाथसँग जोड्ने काम गर्नेछ।
करिब १२८ मिटर लामो यो संरचना निर्माण सम्पन्न भइसकेको छ र अब समग्र परियोजना सञ्चालनमा आएपछि मात्र प्रयोगमा ल्याइने बताइएको छ। हाल नागढुंगा सिस्नेखोला टनेल परीक्षण चरणमा प्रवेश गर्न लागेको छ।
सुरुङको परीक्षणका क्रममा सवारी सञ्चालन, सुरक्षा प्रणाली, आपतकालीन तयारी लगायतका पक्षको मूल्याङ्कन गरिनेछ। सरकारले सुरुङ मार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य आगामी आर्थिक वर्षदेखि राखेको छ।
सुरुङ सञ्चालन भएसँगै बलम्बु फ्लाईओभर पनि प्रयोगमा आउनेछ, जसले कलंकी–नागढुंगा खण्डको ट्राफिक व्यवस्थापनमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ।
विशेषगरी काठमाडौँ भित्रिने र बाहिरिने सवारीका लागि यो संरचनाले जाम कम गर्दै यात्रा समय घटाउनेछ।
नागढुंगा खण्डमा हुने घण्टौं लामो जाम हटाउन यो परियोजना महत्वपूर्ण समाधानका रूपमा हेरिएको छ।
समग्रमा, सुरुङ मार्ग र फ्लाईओभर दुवै सञ्चालनमा आएपछि काठमाडौँ प्रवेश मार्ग अझै व्यवस्थित र सहज हुने विश्वास गरिएको छ।






Feature
सरकारको स्पष्ट सन्देश: त्रिवि क्रिकेट मैदान भत्किँदैन
काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान सम्बन्धमा नयाँ सम्झौताको तयारी अघि बढेको छ। सरकारका प्रवक्ता तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच सकारात्मक संवाद भइरहेको बताएका छन्।
यसअघि विश्वविद्यालयले आफ्नो मातहतका जग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि क्रिकेट क्षेत्रमा चिन्ता बढेको थियो। तर मन्त्री पोखरेलका अनुसार मैदान खाली गराउने उद्देश्य नभई सकिएको भाडा सम्झौता नवीकरण गर्ने तयारी भइरहेको हो। उनले मैदान नभत्किने स्पष्ट पारेका छन्।
पछिल्लो समय सरकारले यस मैदानलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाएको छ। गत वर्ष मात्र शहरी विकास मन्त्रालयले करिब ९० करोड रुपैयाँ खर्च गरेर १० हजार दर्शक क्षमताको प्यारापिट र फ्लडलाइट जडान गरेको थियो।
क्यानले पनि आफ्नो अधिकांश अन्तर्राष्ट्रिय खेल यही मैदानमा गर्दै आएकोले सम्झौता थप गर्न पहल गरिरहेको छ। चैत २३ गते बसेको क्यानको बोर्ड बैठकले सम्झौता नवीकरणका लागि अनुरोध गर्ने निर्णय गरिसकेको छ।
यता राष्ट्रिय खेलकुद परिषदले दुवै पक्षबीच समन्वय गरिरहेको जनाएको छ, जसले आगामी दिनमा नेपाली क्रिकेटको भविष्य थप सुनिश्चित हुने अपेक्षा गरिएको छ।





-
Auto2 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat4 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
entertainment4 weeks agoशोले निर्माण कथा निफमा
-
Art3 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto2 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto2 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
Offbeat4 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति
-
Feature4 weeks agoभक्तपुर दरबार स्क्वायर





You must be logged in to post a comment Login