Bindabasini music award
Auto
चांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’
स्ट्रीटनेपाल
नेपाली बजारमा चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ सार्वजनिक भएको छ। एमएडब्लु वृद्धिले भित्र्याएको यो एसयूभीको मूल्य ४६ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।
नेभो क्यू०५ को मुख्य आकर्षण यसको ४६२ किलोमिटरसम्मको घोषित रेन्ज हो। यसमा ५१.९ किलोवाट घण्टाको एलएफपी ब्याट्री र १२० किलोवाटको मोटर छ। यसले १६३ अश्वशक्ति र १९० न्यूटन मिटर टर्क उत्पादन गर्छ।
चार्जिङमा पनि यो एसयूभी अगाडि देखिन्छ। कम्पनीका अनुसार उपयुक्त द्रुत चार्जर प्रयोग गर्दा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री करिब १५ मिनेटमै चार्ज गर्न सकिन्छ।
भित्र १४.६ इन्चको मुख्य डिस्प्ले, १०.१७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र स्मार्टफोनबाट गाडी नियन्त्रण गर्न सकिने सुविधा छन्। ५४० डिग्री क्यामेरा र विभिन्न एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमले सुरक्षालाई थप बलियो बनाएका छन्।
४ हजार ४३५ मिलिमिटर लामो नेभो क्यू०५ मा १८ इन्चका अलोय ह्विल र ठूलो ग्लास रूफ दिइएको छ।
४६ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य, ४६२ किलोमिटरसम्मको रेन्ज र फास्ट चार्जिङ क्षमताका कारण नेभो क्यू०५ नेपाली बजारमा बीवाईडी एट्टो ३ जस्ता विद्युतीय एसयूभीका लागि नयाँ प्रतिस्पर्धी बनेको छ।







entertainment
झिलिमिली सडक
स्ट्रीटनेपाल
कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ।
बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो।
बल्खुदेखि बालकुमारीसम्मको ७.९ किलोमिटर सडकखण्डमा सडक बत्ती जडान भएपछि रातको समयमा सडक झलमल्ल उज्यालो भएको छ। यसले पैदलयात्री तथा सवारी चालकलाई आवतजावतमा सहज भएको छ।
सडक बत्ती सञ्चालनमा आएपछि रातको समयमा सडकको सुन्दरता हेर्न तथा फोटो खिच्न आउने मानिसहरूको संख्या पनि बढेको देखिन्छ।
सडक बत्तीले रातको समयमा हुने दुर्घटना न्यूनीकरणसँगै सडक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।







entertainment
ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी
स्ट्रिटनेपाल
ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो।
पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य आकर्षणको केन्द्र हो।
मल्लकालीन समयमा बनेको यो पोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको लागि महत्वपूर्ण धार्मिकस्थल समेत रहेको छ।
केही समयअघि गरिएको पुनर्निर्माण पश्चात यो पोखरी झनै आकर्षक देखिएको छ।







-
Feature4 weeks agoनागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
-
Art4 weeks agoकौशी थिएटरमा प्रेमकथा ‘जोलिन्’
-
entertainment3 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
-
entertainment3 weeks agoदीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६
-
entertainment3 weeks agoऐतिहासिक धरोहर रानीपोखरी ३६० डिग्री एरियल दृश्यमा
-
entertainment3 weeks agoमञ्चमा मिस मेनुका
-
entertainment3 weeks agoकाठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग
-
entertainment3 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन

