Feature

विजयादशमीको टीका र जमरा [तस्विर]

avatar
Street Nepal

An editor at streetnepal


  • October 21, 2026
  • 18 पटक पढिएको

विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाएर बडादसैं मनाइँदै छ। बिहान १०:२६ बजेको उत्तम साइतमा टीका लगाउन सुरु गरिएको हो।

नेपाल पञ्चांग निर्णायक विकास समितिले टीका ग्रहणका लागि उक्त समय निर्धारण गरेको थियो। विजयादशमी आफैँमा शुभ दिन भएकाले दिनभर टीका लगाउन सकिने धार्मिक मान्यता छ।

समितिले आज बिहान ८:४९ बजे देवी विसर्जनको साइत निर्धारण गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ।

टीका लगाएपछि कतिपय सर्वसाधारण काठमाडौं उपत्यकाबाट घर फर्किन थालेका छन्। उपत्यकाबाट लामो तथा छोटो दूरीका सवारीसाधन पनि फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

बडादसैंको मुख्य टीका आज लगाइए पनि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा ग्रहण गर्ने प्रचलन छ।

Facebook Comments