lifestyle

कोदो टिप्न ब्यस्त किसान[तस्विर]

लमजुङको मध्यनेपाल नगरपालिका–६, रानीपानीकी स्थानीय किसान लीला देवी कुँवरलाई यतिबेला खेतीपातीको चटारो छ।

मंसिरमा धान भित्र्याउने व्यस्ततासँगै उनी पाकेको कोदो टिप्न पनि उत्तिकै व्यस्त छिन्।

धान र कोदो भित्र्याउने यो मौसमी व्यस्तताले रानीपानीका ग्रामीण भेगमा किसानको दैनिकीलाई झल्काउँछ।

परम्परागत खेतीपाती र कृषि कर्ममा रमाइरहेका किसानका लागि मंसिर बाली भित्र्याउने महत्वपूर्ण समय हो।

तस्विर : सुरज गुरुङ /लमजुङ

Facebook Comments