Video

तमु ल्होछारको अवसरमा ‘आशीमालां मु’ म्युजिक भिडियो सार्वजनिक

avatar
Street Nepal

An editor at streetnepal


  • December 7, 2025
  • 878 पटक पढिएको

काठमाडौं — तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होछार नजिकिदै गर्दा ‘आशीमालां मु’ शीर्षकको आकर्षक म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

शुभकामना तथा आशीर्वादको सन्देश बोकेको यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण टोलीले जनाएको छ।

गीतका शब्द, संगीत तथा संरचनामा युवान गुरुङ (साइँला धज्यू) को योगदान रहेको छ। उनी यस म्युजिक भिडियोका निर्माता पनि हुन्। दीपक गुरुङ र पवित्रा गुरुङले गाएको गीतलाई तेजेन्द्र गुरुङले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको रेकर्डिङ सुर साधना एच.डी. स्टुडियोमा रेकर्डिस्ट तेजेन्द्र दुराले सम्पन्न गरेका हुन्।

भिडियो निर्देशन तथा कोरियोग्राफी दिप कोके गुरुङले गरेका छन्। भिडियोमा कलाकार आनन्द गुरुङ, सुरज गुरुङ, लक्ष्मी गुरुङ र अन्जु गुरुङले अभिनय गरेका छन्। भिडियोले तमु ल्होछारको सांस्कृतिक उत्सव, पहिचान र परम्परागत माहोललाई कलात्मक रूपले प्रस्तुत गरेको छ।

छायांकन विजय लामाले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन पदम सुवेदीले गरेका हुन्। भिडियोका मेकअप आर्टिस्ट हेमा गुरुङ रहेकी छिन्। सह–कोरियोग्राफरमा सोनम लामाको भूमिका रहेको छ। पोस्ट–प्रोडक्सन कार्य डिप फिल्म्सले सम्पन्न गरेको हो।

‘आशीमालां मु’ म्युजिक भिडियोले तमु ल्होछारमा शुभकामना आदानप्रदान गर्न तथा गुरुङ समुदायको सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्‍याउन सकिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

Facebook Comments