Offbeat
बागमतीमा घट्यो जलसतह
काठमाडौं उपत्यकामा वर्षा मत्थर भएसँगै बागमती र यसका सहायक नदीहरू; विष्णुमती, रूद्रमती, मनोहरा आदि खोलाहरूको जलसतह घटेको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती नदी ललितपुरको खोकनामा सतर्कता तहभन्दा माथि छ। त्यहाँ अहिले नदीको जल सतह ४.३३ मिटर पुगेको छ। त्यहाँ ३.५० मिटर पार हुनुलाई खतराको तह पार हुने बुझिन्छ।
अन्यत्र सतर्कताको तहभन्दा तलै रहेको महाशाखाले जानकारी दिएको छ।
शनिबार बल्ख आसपास डुबानमा पारेको भए पनि नदीको जलसतह घटेपछि नदी किनाराको क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ।
You must be logged in to post a comment Login