Offbeat

बागमती सफाई

avatar
Street Nepal

An editor at streetnepal


  • June 19, 2025
  • 762 पटक पढिएको

काठमाडौं महानगरपालिकाले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न पूर्वतयारी थालेको छ।

बागमती नदीमा जलस्तर बढ्नुअघि नै महानगरपालिकाले डोजर प्रयोग गरी नदीको बहावमा अवरोध पुर्‍याउने माटोका ढिस्का र फोहोर हटाउन सुरु गरेको छ।

मंगलबार बिहान बल्खु क्षेत्रमा डोजरले नदीबाट माटो र फोहोर निकालिरहेको थियो। सामान्य वर्षा हुँदा पनि पानीको सतह किनारासम्म नपुगोस् भन्ने उद्देश्यले नदीलाई खेतलेर केही गहिरो बनाउने काम पनि भइरहेको छ।

गत वर्षको बर्खामा बागमती नदीले काठमाडौं उपत्यकामा ठूलो क्षति पुर्‍याएको थियो। अ
अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेर बल्खु, थापाथली, र युएन पार्क लगायतका तटीय क्षेत्रहरू डुबानमा परेका थिए, जसले गर्दा सडकहरू समेत जलमग्न भएका थिए।

बागमतीमा बर्खामा पानीको सतह बढ्ने र तटीय क्षेत्रहरू डुबानमा पर्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।

Facebook Comments