Feature

चैते छठ

avatar
Street Nepal

An editor at streetnepal


  • March 24, 2026
  • 404 पटक पढिएको

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज देशभर चैते छठ पर्व श्रद्धा र भक्ति भावका साथ मनाइएको छ। चार दिनसम्म चल्ने यस पर्वको मुख्य दिन षष्ठी तिथिका अवसरमा मंगलबार साँझ व्रतालुहरूले नजिकका नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यको पूजा गरेका हुन्।

राजधानी काठमाडौंको गुह्येश्वरी क्षेत्रमा पनि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। व्रतालुहरू पानीमा पसेर सूर्य अस्ताउँदासम्म आराधना गर्दै अर्घ अर्पण गरेका छन्। परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै यो पर्व मनाइने गरिन्छ।

चतुर्थी तिथिबाट सुरु भएको छठ पर्वमा व्रतालुहरूले कठोर नियम पालन गर्दै उपवास बस्ने परम्परा रहेको छ। षष्ठीका दिन विशेष रूपमा गहुँ र चामलको पीठोबाट बनाइने ठकुवा, फलफूल, मुला लगायतका प्रसाद ढक्कीमा सजाएर घाटमा लगिन्छ।

काठमाडौंसँगै मधेस क्षेत्रमा पनि यो पर्व विशेष रूपमा मनाइन्छ। जलाशय किनारमा सजाइएका छठ घाटहरूमा भक्तजनको घुइँचो लागेको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकता र सद्भावको सन्देश दिने विश्वास गरिएको छ।

Facebook Comments