Feature

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरूङको ‘सन अफ दि पिपुल’

Published

on

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित पुस्तक ‘सन अफ दि पिपुल’ लोकार्पण भएको छ। शुक्रबार एक समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो। 

गुरुङको आत्मकथा ‘जनताको छोरो’को अंग्रेजी संस्करण ‘सन् अफ दि पिपुल’ लाई चिरनजंग थापाले अनुवाद गरेका हुन्।  

नेपाली संस्करण ‘जनताको छोरो’ २०७२ चैतमा प्रकाशित भएको थियो।  

शुक्रबार आयोजित कार्यक्रममा पूर्वप्रधानसेनापति गुरूङसंगै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वउपरथी ओमबहादुर पुनले पुस्तकको  बिमोचन गरेका हुन्। 

पुस्तक बिमोचन गर्दै मीनबहादुर गुरुङले नेपालमै रहेर पनि इमान्दारिताका साथ काम गरियो भने उच्च पदमा पुग्न सकिने विश्वास पुस्तक पढेर नयाँ पिढीले गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सगरमाथा टेलिभिजनका संस्थापक निर्मल गुरुङले प्रधानसेनापति जस्तो गरिमामय पदमा एकजना गुरुङको छोरो पुग्नुले आफूहरुलाई गर्व महशुस भएको बताए। 

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version