Offbeat

धान दिवस

avatar
Street Nepal

An editor at streetnepal


  • June 29, 2025
  • 2595 पटक पढिएको

देशभर आज राष्ट्रिय धान दिवस विविध कार्यक्रमसहित मनाइँदैछ।

“धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ यस वर्षको धान दिवसमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले विभिन्न स्थानमा रोपाइँ कार्यक्रम आयोजना गरेका छन्।

राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेर दिवसको शुभारम्भ गर्नुभयो। बाजागाजासहित मनाइएको महोत्सवमा मन्त्री अधिकारीले धानको महत्व र यसको उत्पादन वृद्धिका लागि सरकारको प्रतिबद्धतामा जोड दिनुभयो।

नेपाल सरकारले २०६२ सालदेखि हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ। यो दिन नेपाली समाजमा कृषि र खाद्य सुरक्षाको महत्वलाई उजागर गर्ने एक महत्वपूर्ण अवसर हो।

यस वर्षको धान दिवसले पनि धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने र अन्ततः देशलाई आत्मनिर्भरता र समृद्धितर्फ डोऱ्याउने संकल्पलाई अझ दृढ बनाएको छ।

Facebook Comments