Feature
चोभारमा इभी थुप्रिए (तस्विरहरु)
हाल रसुवागढी, तातोपानी (सिन्धुपाल्चोक) र चोभार सुक्खा बन्दरगाहलगायतका भन्सार कार्यालयहरूमा विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेसँगै गाडी राख्ने ठाउँ अभाव भएको छ।
फागुनयता ईभीको आयात ह्वात्तै बढेको भन्सार अधिकारीहरूले बताएका छन्।
चोभार सुक्खा बन्दरगाहमा मात्रै ९५० युनिटभन्दा बढी ईभी थन्किएको छ भने रसुवा र तातोपानी नाकामा थप १ हजारभन्दा बढी गाडी राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।
व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा ईभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्। कतिपय गाडी भन्सार क्लियर नगरी थुपारिएको छ भने केही सिधै उपत्यका बाहिर शोरुममा पठाइएको छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (खनाल आयोग) को सुझावले पनि व्यवसायीमा भन्सार बढ्ने डर पैदा गराएको छ। आयोगले पेट्रोल र ईभी गाडीमा कर समायोजन तथा कार्बन उत्सर्जन गर्ने सवारीमा हरित कर लगाउने सुझाव दिएको छ। यसले गर्दा आयातकर्ताहरूले कर वृद्धिको आशंकामा अहिले नै बढी मात्रामा ईभी भित्र्याइरहेका छन्।
शोरुमहरूमा भने गाडी भए पनि बिक्री ढिला गरी नयाँ मूल्यमा बेच्ने तयारी देखिएको उपभोक्ताहरूको गुनासो छ।
You must be logged in to post a comment Login