entertainment
First audition for model of the year 2014

Next models Nepal has organized model of the year 2014 . First audition round has completed today. In the first day of audition 25 male models gave their audition. Altogether 40 models 20 from inside valley AND 20 outside valley will be selected. Audition will be end on 31st shrawan. Final round of MODEL OF THE YEAR 2014 will be held on 4th of asoj.
entertainment
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै

जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
नेपाली संगीत बजारमा नयाँ गीत ‘जुध्यो नजर’ कोराहा चुड्का गीत सार्वजनिक हुने तयारीमा छ।
रेश्मा तामाङको प्रस्तुति रहेको यस गीतको निर्देशन दीप गुरुङले गरेका हुन्।
यस गीतमा मनोज गुरुङ र रेश्मा तामाङको मुख्य भूमिकामा रहेको छ भने गीतमा स्वर देवराज आले मगर र रेश्मा तामाङको रहेको छ।
शब्द तथा संगीत पनि देवराज आले मगरले नै सिर्जना गरेका हुन्। विश्लेवास नेपालले गीतलाई एरेन्ज गरेका छन् भने कुमार राना मगरले मिक्सिङ र मास्टरिङको काम गरेका छन्।
विजय लामाले छायांकन गरेको यस गीतमा दीप गुरुङको कोरियोग्राफी रहेको छ भने पदम सुवेदीको सम्पादन रहेको छ।
दीप फिल्म्स प्रोडक्सनले निर्माण गरेको यो गीत चाँडै नै विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

entertainment
सदाबहार चार्मका धनि अभिनेता आर्यन सिग्देल

काठमाडौं, नेपाल – नेपाली सिनेमाका चर्चित अनुहार आर्यन सिग्देल आफ्नो स्वभाविक अभिनय र आकर्षक रूपका लागि परिचित छन्। रोमान्टिक नायकको छवि बनाएका सिग्देलले नेपाली फिल्म उद्योगमा बलियो उपस्थिति जनाएका छन्।
उनले सन् २००७ मा चलचित्र किस्मतबाट रेखा थापासँगै डेब्यु गरेका थिए। यद्यपि, उनको अभिनय यात्रामा ठूलो मोड सन् २००९ मा आयो जब उनले ‘मेरो एउटा साथी छ’ मा एक बिग्रिएको राणा खानदानको छोराको प्रभावशाली भूमिका निभाए। यो चलचित्रले उनलाई स्टारडमको उचाइमा पुर्यायो।
सन् २०१० मा रिलिज भएका ‘हिफाजत’, ‘फर्स्ट लभ’, र ‘द फ्ल्यासब्याक (फर्केर हेर्दा)’ जस्ता चलचित्रहरूले बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै आर्यनलाई नेपाली सिनेमाको अग्रणी नायकको रूपमा स्थापित गरे।
हाल आर्यन अभिनित चलचित्र ‘महाभोज’ र ‘के घर के डेराः घर नं २’ प्रदर्शन भइरहेका छन्। उनी अहिले पनि विभिन्न नयाँ चलचित्रका प्रोजेक्टहरूमा सक्रिय छन्, जसले नेपाली दर्शकमाझ उनको लोकप्रियता कायमै रहेको पुष्टि गर्छ।



entertainment
गायक हसन राईको ‘नायुमा’ सार्वजनिक

काठमाडौँ ।
गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसनकै स्वर छ भने एरेञ्ज देबेश राईले गरेका हुन्।
किरात सभ्यतामा आधारित भिडियो राजेश पुमा राईको निर्देशनमा तयार भएको हो। किरात राईहरुको विवाह संस्कारलाई प्रस्तुत गरिएको भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा एलिशा राई, गणेशमान घले र कमेडियन उमेश राई (फुलन्देकी आमा) सहित अन्य कलाकारको अभिनय छ।
हरि हुमागाईको डिओपी, उत्तम हुमागाईको सिनेमाटोग्राफी तथा विकास दाहालको सम्पादन रहेको भिडियोमा सुम्निमा कलेक्सनको पहिरन देख्न सकिन्छ।
करिब दुई दर्जन गीत गाइसकेका हसनले दर्शकको माया पाइनेमा आशावादी रहेको बताएका छन्।
-
lifestyle2 weeks ago
भोटो कसको ?
-
Feature4 weeks ago
शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)
-
Art3 weeks ago
हरिप्रसाद शर्माका कृति नेपाल आर्ट काउन्सिलमा
-
Feature3 weeks ago
कलाकारिता यात्रामा लागेकी जोनिशा
-
entertainment4 days ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
Feature3 weeks ago
सति घाँटु
-
Offbeat2 days ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन
-
Feature2 weeks ago
नागढुंगा सुरुङ (भिडियो)