Feature
हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप
स्ट्रिटनेपाल
पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ।
भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक नै भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यसको असर अहिले हेटौंडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा देखिन थालेको छ।
काठमाडौं आउने र जाने सवारीको चाप बढेसँगै यो सडकमा ठाउँ–ठाउँमा ट्राफिक जाम हुन थालेको छ।
विशेषगरी चितवन, पोखरा, लमजुङ, तनहुँ र गोरखाबाट काठमाडौं आउने साना सवारीसाधनहरू समेत अहिले यही वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।
पृथ्वी राजमार्ग कहिले खुल्छ भन्ने टुंगो नहुँदा कुलेखानी–सिस्नेरी सडकमा सवारीको चाप अझै बढ्न सक्ने देखिन्छ।
बाढी र पहिरोले मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक सडकमा परेको यो चापले यात्रुलाई थप सास्ती दिएको छ।




entertainment
तमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
स्ट्रिटनेपाल
तमु धीँ यूकेले बेलायतमा आयोजना गरेको यस वर्षको नेपाली मेलाबाट उठेको रकम नेपालका बाढीपीडितलाई सहयोग गर्ने भएको छ।
तमु धीँ यूकेले नेपाली मेलाबाट संकलित रकमसँगै संस्थाको बचत तथा कार्यसमिति र सल्लाहकारहरूको सहयोगबाट जुटेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
तमु धीँ यूकेका उपाध्यक्ष तथा नेपाली मेला संयोजक कमल कोने गुरुङका अनुसार नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा पठाउन लागिएको हो।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ तमु धीँ यूकेले हरेक वर्ष नेपाली मेला आयोजना गर्दै आएको छ। बेलायतमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता रहने यस वर्षको मेलामा पनि हजारौँ नेपाली सहभागी भएका थिए।
मेलाबाट संकलित रकमसँगै स्वयंसेवक, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूबाट प्राप्त हुने आर्थिक सहयोगसमेत बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संयोजक गुरुङले बताए।
entertainment
‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ,सुरज तमु लगायतका कलाकारको अभिनय छ। चलचित्रमा स्वर्गीय सुनिल थापाको समेत अभिनय रहेको छ।
एमजीएफ फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ अर्थात् सेप्टेम्बर ११ देखि नेपालका हलमा प्रदर्शनमा आउनेछ।
ट्रेलर सार्वजनिक कार्यक्रमका केहि तस्विरहरु :









entertainment
बेलायतमा १७औँ ‘नेपाली मेला’ हुने
स्ट्रीटनेपाल
बेलायतमा तमु धीं यूकेको आयोजनामा १७औँ ‘नेपाली मेला’ हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आगामी ३० अगस्ट २०२६, आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्स मैदानमा मेला आयोजना हुन लागेको हो। लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले पत्रकार सम्मेलनमार्फत नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए।
मेला संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा बेलायतमा सक्रिय ४२ वटा नेपाली संघसंस्थाले विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा र परम्परा झल्कने झाँकी प्रस्तुत गर्नेछन्।
मेलामा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, मौलिक भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, नेपाली परम्परागत खानाका परिकार, व्यापारिक तथा च्यारिटी स्टल रहनेछन्। सहभागीका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रवासी भूमिमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न मेला महत्वपूर्ण हुने आयोजकको विश्वास छ।








-
entertainment4 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
-
entertainment4 weeks agoदीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६
-
entertainment4 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन
-
entertainment3 weeks agoब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’
-
entertainment3 weeks agoललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु
-
entertainment3 weeks agoविश्व आदिवासी जनजाति दिवस मनाइयो
-
Auto3 weeks agoभृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्सपो
-
entertainment2 weeks agoलगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी


You must be logged in to post a comment Login