Feature
जनैपूर्णिमा
आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ।
हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित र मन्दिरका पुजारीको हातबाट जनै फेर्ने र रक्षाबन्धन बाँध्ने प्रचलन छ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भनिन्छ।
यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ।
आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ।
खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।
You must be logged in to post a comment Login